सम्पादकीय : कहिले चेत्लान हाम्रा नेताहरुले ?


प्रत्येक मानिसको एउटा लक्ष्य हुुन्छ, यति वर्षपछि यो अवस्थामा पुुग्नेछुु ।कसैले योजनाबद्ध रुपमा तयारी गर्ला, कसैले केही तयारी विनै पनि एउटा सोच बनाउला । तर पनि एउटा सचेत मानवले उज्वल भविष्यको कामना निरन्तर गरिरहेको हुुन्छ ।

नेतृत्व वर्गले भनौं वा देश हाँक्ने वर्गले पनि देशलाई यस प्रकारको अवस्थामा पुुर्याउनुपर्छ भन्ने सोच पक्कै बनाउछ । तर नेपालमा लामो समयदेखि अस्थिर राजनीति भएको छ । करिब एक शताब्दीलाई मात्रै मुुल्यांकन गर्ने हो भने पनि त्यसले एउटा निष्कर्ष दिन्छ ता कि नेपालमा दूूर दृष्टिवाला नेतृत्वहरु निकै कम जन्मिए ।

राणाहरुको जहानिया शासनका विरुद्ध संघर्ष गरेको प्रजापरिषददेखिको अवस्था मात्रै मुुल्यांकन गर्दा पनि हाम्रा नेतृत्ववर्गमा सत्तामा पुुग्ने मात्रै योजना बुुनेको देखिन्छ ।

एउटा दृढ ईच्छाशक्ति भएको नेतृत्व अहिलेसम्म देखा परेन । जसरी भएपनि सत्तामा पुुग्ने र स्वार्थ लुुट्ने नेतृत्व हालसम्म देखा पर्यो । कमसेकम ३० वर्ष जति मात्रै राम्रो नेतृत्वले शासन चलाउने हो भने मुुलुुकको अवस्था निकै राम्रो बन्दथ्यो । नेपालमा सधैं अस्थिर प्रकारको शासन सत्ता चलेको छ ।

साँच्चै पारिवारिक स्वार्थलाई त्यागेर देशको हितमा सोच्ने नेतृत्व हुुन्थ्यो भने आज नेपाल छिमेकि देश चीनजस्तै बन्न सक्दथ्यो । भारतका कतिपय विकसित सहर जस्तै बन्न सक्दथ्यो । राणाकालमै विद्युुत उत्पादनको सुुरुवात गरेको नेपालले अहिलेसम्म पनि देशभर विस्तार गर्न सकेको छैन । जबकि त्यतिवेला छिमेकी देश चीन र भारतमा पनि भर्खरै सुुरुवात थियो ।

जहानिया राणाशासनको विरुद्धमा प्रजापरिषदको गठन भएको थियो, उक्त परिषद्का सदस्यहरु १९९७ मा कतिलाई फाँसि नै दिईयो भने कतिलाई कठोर सजाय दिइयो । त्यसपछि २००५ सालतिर विधिवतरुपमा काँग्रेस कम्युुनिष्ट लगायतका पार्टीहरु खोलिन थाले । २००७ सालमा राणाशासन कमजोर बन्यो र मुलुकमा राजासमेतको महत्व बढ्ने गरी प्रजातन्त्र आयो । फेरी राजसंस्था सक्रिय हुन थाल्यो । तर पनि जसोतसो २०१५ सालमा प्रजातन्त्रको मुुल्यमान्यता अनुुरुपम कांग्रेस पार्टिको नेतृत्वमा सरकार बन्यो ।

अनि फेरी २०१९ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायति व्यवस्था घोषणा गरे । शासकवर्गले आम नागरिकहरुको हितमा काम गर्न नसकेका कारण जुनसुुुकै समयमा पनि एउटा शक्ति संघर्षमै रहेको अवस्था छ । बीचबीचमा शासकवर्गले दमन गर्दै आएको छ । २०३६ मा बहुुदल र निर्दलको बारेमा जनमत भयो, तर पनि शासकवर्गको षड्यन्त्रले निष्पक्ष निर्वाचन र निष्पक्ष न्याय हुन सकेन, भईरहेको छैन । २०४६ सालमा बहुुुदलीय व्यवस्था घोषणा भयो ।

त्यसपछि २०४८ मा जननिर्वाचित नेताहरुको नेतृत्वमा सरकार बन्यो । तर फेरी २०५२ साल फाल्गुुन महिनामा माओवादी नामको पार्टीले जनयुुद्ध प्रारम्भ गर्यो । बाह्य आन्दोलनको दवावले राजसंस्थामा हलचल ल्यायो र आन्तरिक कलहकै कारण २०५८ मा दरवार हत्याकाण्ड भयो । राजा विरेन्द्रको बंश नाश भयो ।

फेरी राजा ज्ञानेन्द्रको उदय भयो र उनको निरंकुशु शासनशैलीले अपवाद्बाहेक माओवादी सहित सवै दलहरु एकठाउमा आउदा २०६२।०६३ को आन्दोलन सफल भयो र राजसंस्था कमजोर बन्यो । २०६३ को अन्तरिम संविधान र २०६४ को संविधानसभा हुदै २०६५ साल जेष्ठ १५ मा विधिवत रुपमा शाहवंशिय राजसंस्था हटाईयो ।

पुनः २०७० का दोस्रो संविधानसभापछि २०७२ साल असोज ३ गते संविधान ल्याइयो । त्यसपछि २०७४ को निर्वाचनपश्चात बनेको लोकतान्त्रिक सरकार र संयुुक्त कम्युनिष्ट सरकारले समेत जनअपेक्षा अनुुसार काम गर्न सकेन । यसमा सरकार मात्रै होइन, सत्ताभित्र र सत्ताबाहिरका शक्ति समेतको दोष देखिन्छ ।

आफ्नै पार्टीको सरकार हुुदा पनि काम गर्न नदिने र निरन्तर खुुट्टा तानेर ढाल्ने प्रवृत्तिले आम जनता निराश बनेका छन् । जुनसुुकै नेता पनि अहिले जनताको नजरमा गिरेका छन् । जनताको नजरमा असक्षम घोषित भएका छन र पनि नेताहरुले चेत्दैनन् । आफ्नो कमी कम्जोरी अलिकति पनि महशुुस गर्दैनन् ।

आज प्रत्येक नागरिकले प्रश्न गरिरहेका छन्, हाम्रा नेताहरु कहिले सुध्रिएलान र केवल कुुर्सिको राजनीति गर्न कहिले छोड्लान् ? विगतको कमजोरीबाट कहिले शिक्षा लेलान् र कहिले खराव काम गर्न चेत्लान् ? प्रश्न अनुुत्तरित छन् ।

प्रतिक्रिया दिनुहोस

<