कपुरकोट गाउँपालिकाले चिन्ह वा लक्षण देखिएकाहरुलाई पिसिआर परिक्षण गर्न बोलायो


सल्यान, १२ मंसिर ।

चिन्ह, लक्षण देखिएका वा कोरोना भाइरसको संका लागेका व्यक्तिहरुलाई पिसिआर परिक्षणका लागि स्वाब दिन सल्यानको कपुरकोट गाउंँपालिकाले अनुरोध गरेको छ ।

कोरोना भाइरसबाट नागरिकहरुलाई सुरक्षित राख्न सुरु देखि नै विभिन्न कदमहरु चाल्दै आएको जनाउदै गाउंपालिकाले कोरोना भाइरसको संका लागेकाहरुलाइ स्वाब दिन आग्रह गरेको हो ।

शनिबार बिहान साढे सात बजेदेखि धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा स्वाब संकलन गरिने गाउंपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरुण दाहालले जानकारी दिनुभयो ।

गाउंपालिकाले कोरोना विरुद्धको अभियान र परिक्षणको दायरा बढाउदै आएको जनाउदै उनले फेरि पनि समुदायस्तरमा कोरोना परिक्षण गर्न लागिएको बताउनुभयो ।

तर चिन्ह वा लक्षण देखिएका व्यक्तिहरुलाई मात्र स्वाब दिन उनको आग्रह छ । स्वास्थ्य सतर्कता अपनाउन नागरिकहरुलाइ आग्रह गर्दै कपुरकोट गाउँपालिकाले सचेतनाका कृयाकलापहरु निरन्तर संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

<