चितवनमा पाँच महिने बालकसहित ४५ जनामा कोरोना पुष्टि

काठमाडौ, ११ भदौँ ।
चितवनमा पाँच महिने बालकसहित ४५ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा गरिएको परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुनाको परीक्षण भएको थियो। जसमध्ये २६ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ। तीमध्ये १४ जना रत्ननगर नगरपालिकाका छन्।

माडी नगरपालिकाका नौ जनामा र भरतपुर महानगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। बाँकी एक जना तनहुँ, देवाघाट गाउँपालिकाको रहेको अस्पतालले जनाएको छ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १८ जना, रत्ननगर नगरपालिकाका १८ जना रहेका छन्। यस्तै माडी नगरपालिकाका ९ जना रहेका छन्।

यस्तै तनहुँको देवघाट र भानुका २ जना, पूर्वी नवलपरासीको गैंडाकोटका १, मध्यविन्दुका २ जना गरी ३ जना, सर्लाहीको इश्वरपुरका १ र हरिपुरका १ गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस

<