शिव गुुफामा दिशा गरेका पास्टरले माफि मागे

सल्यान, १२ साउन ।
सल्यानको कालिमाटी गाउँपालिका वडा नं. १ झिरघाटमा रहेको शिवगुुफामा केही दिन अघि दिशा गरेका स्थानीय पास्टर राम बहादुर वि.क.ले माफि मागेका छन् । हिन्दुआस्थाका केन्द्रमाथि घृणित व्यबहार देखाएपछि स्थानीयहरु आक्रोशित थिए र यसबारेमा छलफल चलाईरहेका थिए ।

सामाजिक सञ्जालबाट समेत यो कुुरा बाहिर आएपछि सबैतिर यसको बारेमा चासो बढेको छ । सामाजिक सञ्जालमार्फत पास्टर राम बहादुरले गरेका गतिविधि बाहिर आएपछि आइतवार विश्वहिन्दु महासंघका केन्द्रिय सदस्य गुमानसिंह बस्नेत, सल्यान जिल्ला अध्यक्ष गोविन्द शर्मा र जिल्ला उपाध्यक्ष कालिमाटी गाउँपालिका वडा नं. १ कै तुुल्सीराम ओली लगायतको टोली उक्त घटनाबारे बुुझ्न गएको हो ।

स्थानीय समुदाय, पास्टर राम बहादुर विक र विश्व हिन्दुु महासंघ, नेपाल राष्ट्रिय समिति एबं जिल्लाका पदाधिकारीहरुबीच केहीबेर छलफल चलेको हो । छलफलकै क्रममा पास्टर राम बहादुर वि.क.ले आफू कसैबाट परिचालित नभै स्वविबेकमा गलत काम गरेको भन्दै समुदायसामु माफि मागे ।

तर समुदायले माफिले मात्रै यति ठूूलो गल्ति क्षम्य नहुने भन्दै कारबाहीको भागीदार बन्नुुपर्ने अडान राखेका छन् । यसबारेमा पुनः जनप्रनिधिसहितको भेलामा छलफल गरिने गुफा व्यवस्थापन समितिले बताएको छ ।

तर रामबहादुरले भने आफ्नो पुर्खाको धर्म पनि हिन्दु नै भएको र आफूू अब पुनः हिन्दुु धर्ममै लाग्ने इच्छा रहेको प्रतिक्रिया दिएका छन् । समुदायको भनाईमा हिन्दुु धर्ममै लाग्नुु वा फर्किनुु राम्रै कुरा भएता पनि गलत कामको सजाय भोग्नैपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

<