सल्यानमा विभिन्न अभियोगमा फरार सात प्रतिवादी पक्राउ

सल्यान, १२ साउन ।
सल्यान प्रहरीले विभिन्न अभियोगमा फरार सात प्रतिवादी पक्राउ गरेको छ ।

जबरजस्ती करणी, कर्तव्य ज्यान मुद्या लगायतका सात प्रतिवादी पक्राउ परेका हुन ।

प्रहरीका अनुसार आइतबार सवारी ज्यान मुद्दाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्याका शेर बहादुर बस्नेत, जबरजस्ती करणी मुद्दाका हिरालाल भन्ने लाल बहादुर शाहु रहेका छन् ।

यस्तै सार्वजनिक मुद्दाका राम बहादुर बुढाथोकी, जारी मुद्याका सुनिता बुढा, लुटपिट मुद्याका होम बहादुर बुढा र सम्बन्ध सम्बन्ध विच्छेद मुद्दाका रेखा बुढा प्रक्राउ परेका छन् ।

गाउँघरमै लुकिछिपि बसी रहेको अवस्थामा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले विभिन्न अभियोगमा फरार २० जनालाई पक्राउ गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस

<