राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा सल्यानकोे जिल्ला अधिवेशन यहि साउन १७ मा हुने

सल्यान १२ साउन
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा सल्यानले चौथो जिल्ला अधिवेशन यहि साउन १७ गते शुक्रबार गर्ने भएको छ । जिल्ला शाखाका अध्यक्ष याम थापाको अध्यक्षतामा शुक्रबार त्रिबेणी गाउपालिकाको लुहाममा बसेको बैठकले साउन १७ जिल्ला अधिवेशन लुहाम मै गर्ने निर्णय गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान केन्द्रले साउन महिना भित्र जिल्ला अधिवेशन गरी सक्नु पर्ने निर्देशन अनुसार नै जिल्ला अधिवेशन गर्न लागेको शाखाका अध्यक्ष थापाले बताएका छन् । बैठकले अधिवेशन सफल पार्न बिभिन्न व्यतिmलाई बिभिन्न जिम्मेवारी समेत दिईएको छ । जस्को लागि आर्थिक संकलनमा लोक राज आचार्य,याम थापा,डिल्ली थापालाई जिम्मेवारी दिईएको छ । तेस्तै प्रचार प्रसार संयोजक नोखिराम थापा,संस्कृतिक कार्यक्रम व्यवस्थापनमा याम थापा , गिता खड्का,गिताञ्जली गिरी,मञ्च व्यवस्थापनमा प्रेम नारायण बि.क, अतिथि सत्कारमा गिता खड्का,पुर्ण रेउले र दिपा वलि लगायतलाई जिम्मेवारी दिईएको छ ।
अधिवेशन भव्य र सभ्य बनाउनाका लागि केन्द्रमा पहल गर्ने र चिठी समेत पठाउने कोषाअध्यक्ष डिल्ली थापाले बताए । उनले सबैले आ आफुनो ठाँउबाट सहयोग गर्ने समेत अनुरोध गरेका छन् । शाखा सल्यानकी उपाअध्यक्ष गिता खड्काले सबै अतिथिलाई चिठी पठाउने भएकोले चिठी र सुचनाको आधारमा उपस्थित भईदिन अग्रह गरेकी छन् । उनले क्रियाशिल र क्षमताका आधारमा अहिलेको जिम्मेवारी दिन पर्ने भन्दै लोक कला संस्कृतिलाई माया गर्ने सबै अधिवेशन मा उपस्थित हुनु पर्ने बताएकी छन् । अधिवेशन साउन १७ गते त्रिवेण्ी गाउपालिका लुहाममा रहेको होटेल भुवनेश्वरी हुने छ ।

 

प्रतिक्रिया दिनुहोस

<