२४ घन्टामा ७ हजार बढी कोरोनामुक्त, ६९३९ संक्रमित

ओरालो लाग्दैछ कोरोना ग्राफ :  २४ घन्टामा ७ हजार बढी कोरोनामुक्त, ६९३९ संक्रमित

  काठमाडौं, १३ जेठ । 

      २० हजार ९९२ नमूना परीक्षण गराउँदा ६ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । २० हजार ४१४ पीसीआर र ५७८ एन्टिजेन विधिबाट परीक्षण गराएका नमूनामध्ये ६ हजार ९३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ७ हजार २२६ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार बिहीबार कोरोनाबाट १०६ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ।

हाल १ लाख १६ हजार ४७६ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस