कपुरकोटका काफल दाङमा धमा–धम विक्रि

      तुलसीपुर, १३ जेठ ।
सल्यानको कपुरकोटबाट ल्याएर दाङका बजारमा काफल बेच्ने गरिएको छ । जसबाट महिलाहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । दिनभरी काफल टिपेर भोलिपल्ट विहानै तुलसीपुर बजारमा काफल बेच्ने गरेको तुलसीपुरको बीरेन्द्रचोकमा ब्यबसायी गर्दै आएकी धनसरी घर्तीले जानकारी दिईन् ।

सल्यानको कपुरकोटबाट तुलसीपुर बजारमा काफल बेच्न आएकी धनसरी घर्तीले दैनिक तीनदेखि चारहजारसम्म काफल बेच्ने गरेको बताईन् । चार जना सदस्य रहेकी घर्तीको परिवारमा काफल बेचेरै घर खर्च चलाउने गरेको उनको भनाई छ ।

‘बुढा कामको सिलसिलामा काभ्रे पलान्चोक बस्नु हुन्छ,यहाँ मैले काफल बेचेर घरखर्च चलाउछु’ उनले भनिन‘ बुढाको कमाई त सबै वचत गरेको छु ।’ त्यस्तै बिहानै कपुरकोट बाट तुलसीपुरमा काफल बेच्न आएकी शिवा पुनले काफल हुने मौसममा राम्रो आम्दानी हुने गरेको बताईन ।

एक महिनामा १५ दिन काफल टिप्न जाने र पन्द्र दिन काफल बेच्ने गरेको उनको भनाई छ । एक दिन काफल बेच्दा ३ देखी तीनहजार पाँचसय सम्म आम्दानी हुने गरेको बताईन् । ३० रुपैयादेखि यस रुपैया मानो काफल बेच्ने गरेको पुनले बताईन ।

त्यस्तै तुलसीपुरकी तारा नेपालीले काफल बेचेर राम्रो आम्दानी हुने बताउछिन । अरुले टिपेको काफल खरिद गरेर बेच्दा सोचे जस्तो धेरै आम्दानी नभएता पनि दैनिक पचा, सय रुपैया सम्म बचाउने गरेको उनले बताईन ।

यसरी महिलाहरुले एक महिनामा काफल बेचेर साठी हजार सम्म आम्दानी गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

<