छुवाछुत विरुद्धको अभियान नामक वृतचित्र पछि यस्तो लेख्नुहुन्छ अभियान्ता

 

   सल्यान, १३ जेठ ।
सल्यान जिल्ला संघीय गनतन्त्र नेपालको कर्णाली प्रदेशमा पर्ने जिल्ला हो । प्राकृतिक, धार्मिक, एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान उच्च छ । भौगोलिक अबस्थीतिले पहाडमा पर्ने सल्यान जिल्लाको कुल क्षेत्रफल १,४६२ वर्ग कि.मी. रहेको छ ।

यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता रहेको छ । जसमध्ये केहि दलित जातीहरुको उद्गम स्थल मानिने सल्यान जिल्लामा बादी, गायन, कामी जस्ता जातीको बसोबास रहेको छ ।

जसमध्येको शारदा नगरपालिका वडा नं. १ को शान्तीनगर एक गाँउ हो ।

गिठी कुटेर, बालुवा चालेर, माछा मारेर, मादल मोरेर, सानोतिनो ब्यापार गरेर आफ्नो दैनिकि घानीरहेका यो ठाँउका बासीन्दाहरुको जिवन कष्ठकर रहेको छ । पहिले र अहिलेको छुवाछुतको अवस्था बारे यसो भन्नुहुन्छ यो ठाउँका बासिन्दाहरु ।

केहि वर्ष अगाडी छुवाछुतकै कारण आफुहरु धेरै ठाँउमा अपहेलित भएको महसुुस गरेका यो समुदायका मान्छेहरु अहिले छुवाछुतको कुरामा केहि राहत महसुस गरिरहेका छन् ।

देशमा आएको आमुल परिवर्तन संगै नेपालको अन्तरिम संबिधान २०६३ सालको धारा ८३ बमोजिम जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बनिसकेपछि छुवाछुतको कुराहरु बिस्तारै समाजबाट हटदै गएको स्थानीयहरु बताउछन् ।

यस्तै पहिले देखी छुवाछुतको कुरामा निकै समस्या झेल्दै आएको अर्काे बस्ती हो शारदा नगरपालिका वडा नं. २ मा पर्ने बिस्वकर्मा टोल । यहाँ बनाएको खुकुरी पहिले देखि नेपालका विभिन्न ठाउँहरुका साथ साथै विदेश मा पनि निर्यात हुने गरेको छ ।

खुकुरी बनाएर आफ्नो दैनिकी धानिरहेका यो ठाउँका स्थानिय बासिन्दाहरुको जीवन पनि कष्टकर रहेको छ । यस्तै पहिले देखी छुवाछुतको कुरामा ठुलो समस्या झेल्दै आएको अर्काे बस्ती हो ।

शारदा नगरपालिका वडा नं. ३ को संगीत टोल । तत्कालीन राजाहरुले दलित समुदायका मानीसहरुलाई दरबारमा रखेली गराउने र गाईने मार्फत गित गाउन पठाएर सन्देश प्रवाह गर्ने गर्दथे ।

अहिले मानीसहरुमा चेतनाको स्तर राम्रो भएपनि छुवाछुतको समस्या भने अझै पनि यदाकदा देख्न सकिन्छ । धेरै जसो बुढापाखाहरुले अझैपनि तल्लो जाती भनेर केहि ठाँउमा हेपाहा प्रबृति गर्ने गरेको स्थानियहरु बताउछन् ।

गाईनेहरुले स्थानीय लोक भाकासंगै सारगीको धुनसंग मादलको तालमा जनचेतनाका गीत गाउदै गर्दा गीतका शब्द र भावहरुले गर्दा मान्छेमाहरुमा केहि नँया सोच पलाएर छुवाछुतको कुरामा केहि कमि भएको उनिहरुले महसुस गर्ने गरेका छन् । छुवाछुत एक सामाजिक कुरीती हो ।

धर्म, वर्ण, सम्प्रदाय जाती आदीको नाममा गरिने छुवाछुत अल्पबिकसीत तथा अबिकसीत देशहरुमा बढि पाईन्छ ।
नेपालको संबिधानले कुनै पनि ब्यक्तीलाई जात, जाती, वर्ण, लिङग वा धर्म आदि कुनै आधारमा छुवाछुत गर्न नपाईने कानुनी ब्यबस्था गरेको छ ।

यद्यपी नेपालमा छुवाछुतको कुरितीले पहिले देखि निकै गहिरो जरा गाडेको पाईन्छ ।

कसैले कुनै पनि ब्यक्तिलाई प्रथा , परम्परा , धर्म , सस्कृति, रितिरिवाज जात, जाती, वंश, समुदाय वा पेसाको आधारमा गरिने अपमानजनक ब्यवहार साथै कुनै भोज पुजापाठ, मन्दिर, बिबाह, मृत्यु जस्तो ठाउँमा जादा बन्देज गरेमा, कानुनले पिडकलाई ३ महिना देखि ३ बर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार सम्म जरिवानाको ब्यबस्था गरेको छ ।
समाजबाट जातिय छुवाछुतको अन्त्य गर्नको लागी, सबैभन्दा पहिले हरेक ब्यक्तीहरुलाई बिभिन्न तरिकाबाट समाजमा जनचेतनाका कार्यक्रम फैलाउन जरुरी छ । आउदा दिनहरूमा छुवाछुतको विभेद गर्नेहरुमाथी कानुनले कडा भन्दा कडा कारबाही गर्न सकेको खण्डमा मात्र जातिय छुवाछुत उन्मुलन गर्न सकिन्छ ।

यदि हामीले साच्चिकै एउटा नयाँ समाजको परिकल्पना गरेका छौं भने, छुवाछूतको अन्त्य आजैदेखि हरेक क्षेत्र बाट यसको अन्त्य गर्न नितान्त आवश्यक देखिन्छ । उक्त कार्यले गर्दा देशलाई नै उन्नतीको बाटो तर्फ अग्रसर गराउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

<