नेपाली गजलको ठूूलो पुुरस्कार राशि सल्यानमा स्थापना

सल्यान, १४ बैशाख ।
नेपाली गजलको ठूलो पुरस्कार राशि सल्यानमा स्थापना भएको छ । बन्गाड कुपिण्डे नगरपालिका १ सल्यान निवासी एक दाम्पतिले छोराको प्रणय सम्झनामा ’चेतन ’गजल पुरस्कारको लागि अक्ष्यकोष स्थापना गरेका छन् ।

नेपाली भाषा,कला,साहित्यको उन्नयनका लागि बिगत लामो बर्ष अगाडि देखि जिल्लामा विभिन्न साहित्य गतिविधि गर्दै आएको सल्यान कला साहित्य परिषदका पदाधिकारीहरुको रोहबरमा नेपाली गजलका लागि योगदान र लेखनमा कृयाशिल एक जना गजलकारलाई प्रत्येक बर्ष मनाइने परिषदको वार्षिकोत्सबमा यो पुरस्कार प्रदान गरिने बताइएको छ । उक्त पुरस्कारको राशि छपन्न हजार छ सय छैसठ्ठी रुपैयाँ रहेको छ ।

परिषदका अध्यक्ष भरत रोकाय भन्छन्ः साहित्य मनोरञ्जन मात्रै नभएर साहित्य जीवन दर्शन हो साहित्य नबुझेकाले जीवन बुझेका हुँदैनन् । यो दम्पतिले साहित्य बुझेकैले जीवन बुझ्नु भएको छ रत पवित्र मनले यो पुरस्कार अक्ष्यकोषको स्थापना सुरु गरेर हामीलाई थप जिम्मेवारि सगै उर्जा थपिदिनु भएको छ । दम्पतीमा हार्दिक आभार । परिषदका संस्थापक÷लोकेश जलनका अनुसार यो पुुरस्कार नेपालमा पुरस्कृत गरिने नेपाली गजलको सबै भन्दा ठुलो गजल पुरस्कार राशि हो ।

नेपाली गजलको ठूलो गजल पुरस्कार राशी सल्यानमा स्थापना र सल्यान कला साहित्य परिषदबाट प्रदान गरिन लागेको हुँदा आफू निकै उत्साहित र थप जिम्मेवारी महसुस भएको पनि बताए । यो पुरस्कार परिषदको आयोजनामा जेठ दोस्रो हप्ता हुन लागेको सल्यान चौथो गजल महफिलमा सार्वजनिक गरिने योजना भएपनि कोभिडको कारण महफिल पछाडि धकलिएकिएपछि परिषद पदाधिकारीहरुले विभिन्न माध्यमबाट आजै अनौपचारिक जानकारी गराएका थिए । परिषदका अनुसार ती दम्पतीको नाम आउदो मंसिरमा हुने वार्षिकोत्सबमा सार्वजनिक गरिने छ !

प्रतिक्रिया दिनुहोस