सल्यान, १४ बैशाख ।
सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगर बजार भोली बैशाख १५ गतेदेखि २२ गतेसम्म एक हप्तालाई बन्द गरिने भएको छ ।
श्रीनगर बजार भित्रका केहि व्यापारी र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि शारदा नगरपालिका वडा नम्बर १ ले एक हप्ताको लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।
बजार बन्दका क्रममा भने स्वास्थ्य, खानेपानी, पेट्रोलियम पदार्थ, दुग्ध पदार्थ (डेरी), बैंक एटिएम सेवा पुर्ण रुपमा संचालन हुने वडाध्यक्ष नवराज बुढाथोकीले बताए । त्यस्तै खाद्य, तरकारी र ग्यास पसल दैनिक बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्मलाई खुल्ला रहने उनले बताएका छन् ।
यसैबीच सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे तालमा जानलाई रोक लगाइएको छ ।
बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ कुपिण्डे ताल नजिकै रहेको बाबियाचौर बजारमा एक जना व्यापारीलाइ कोरोना देखिएपछि ताल सँगै बजार पनि बैशाख १५ देखि २२ गतेसम्मलाई बन्द गरिएको हो ।
प्रतिक्रिया दिनुहोस