सल्यानमा मंगलबार ३० जनालाइ कोरोना परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि


सल्यान, १४ बैशाख ।

सल्यानमा मंगलबार मात्रै ३० जनामा कोरोना परिक्षण गर्दा २५ जनालाइ संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार मंगलबार (आज) स्वास्थ्य कार्यालयमा २५ जनाको स्वाब परिक्षण गर्दा २१ जनामा र कुमाख गाउँपालिकामा ५ जनामा परिक्षण गर्दा ४ जनालाइ कोरोना पुष्टि भएको हो ।

जिल्लाभरी बैशाख २ गतेदेखि हालसम्म १ सय २४ जना कोरोना संक्रमित भैसकेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

पछिल्लो समय कोरोना पुष्टि भएका बिरामीहरुमा गम्भीर स्वास्थ्य समस्या देखिएको उनले बताए । बिरामीहरुमा स्वास प्रस्वासको गम्भीर समस्या रहेको र केहीलाइ उल्टी हुने समस्या देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले ७ जना कोरोना संक्रमितहरुलाइ अक्सीजन दिइ रहेको कार्यालयले जनाएको छ ।

अस्पतालका अनुसार १० दिनको अवधिमा ३ जनालाइ जिल्ला बाहिर रिफर गरिएको छ । अन्य ८ जनालाइ अस्पतालमा राखेर उपचार गरिरहेको छ भने बाँकी होम आइसुलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस