सल्यानका मालपोत, नापी र जिल्ला प्रशासनमा सेवा लिनलाई समय विभाजन

सल्यान, १४ बैशाख ।

सल्यान सदरमुकाम खलंगाबाट सेवा प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा सेवा दिने समय बाँडफाँड गरिएको छ ।

जिल्लामा कोरोना जोखिम बढेसँगै सोमबार बसेको कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले यी कार्यालयमा सेवा लिनलाई समय विभाजन गरेको हो ।

निर्णय अनुसार उक्त कार्यालयबाट सेवा लिने जिल्लाका कपुरकोट, त्रिवेणी, दार्मा, बागचौर र कुमाखका सेवाग्राहीले आइतबार, मंगलबार र बिहिवार आउनुपर्ने छ । त्यस्तै, छत्रेश्वरी, शारदा, बनगाड कुपिण्डे, कालिमाटी र सिद्ध कुमाखका सेवाग्राहीले सोमबार, बुधबार र शुक्रबार सेवा लिन पाउने छन् ।

त्यस्तै जिल्लाको छत्रेश्वरी गाउँपालिकामा पनि केही कर्मचारीलाई कोरोना संक्रमन देखिएपछि बैशाख १३ गतेदेखि १७ गतेसम्म कार्यालयले प्रवाह गर्ने सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस