१५ – वैशाख / कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि गरेको लकडाउनको समयमा पनि तुलसीपुरमा सामाजिक सुरक्षाभत्ता लिन घण्टौ लाईन लाग्नु पर्ने अबस्था रहेको छ । यतिवेला बैंकहरुमा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति तथा एकल महिलाको घँुईचो लाग्ने गरेको छ ।

सामाजिक दुरी पालना गर्न सरकारले निर्देशन गरेको भएपनि सामाजिक दुरी पनि कायम गरिएको छैन् । त्यसमा पनि घण्टौ लाईन लाग्नु पर्ने बाध्यता रहेको तुलसीपुर, ६ रजौराकी ८१ बर्षीया मेथली भण्डारीले बताईन् । उनी सोमवार बिहान ८ बजे नै बैंकमा आएकी थिईन् । तर, दिउसो १ बजेसम्म लाईनमा लाग्दा पनि भत्ता नपाएको गुनासो गरिन् ।

“पैसा आको छ ,तर बैंक खुलेको छैन्”, उनले भनिन्“हामीलाई भत्ता दिनु भनेर आदेश नआएको भन्ने जवाफ बैंकका कर्मचारीले बताएको उनले बताईन ।” उनले थपिन“ बुढो मान्छे बाहिर बाटोमा बसेका छौ, हामीलाई गाह्रो भएको छ तर के गर्नु भत्ता दिन्छन की भन्ने आशामा बसेका छौ ।” बैंकमा व्यवस्थित तरिकाले लाईनको व्यवस्था नभएकाले आफुहरुलाई झनै समस्या भएको बताईन । राम्रोसंग हिड्नसम्म नसक्ने उनी भोक प्यास त्यागेर लाईनमा बसेको गुनासो गरिन् ।

तुलसीपुर, ६ डुम्रीगाउँका लक्षु खत्री पनि भत्ता बुझ्न बिहान ८ बजे नै बैंकमा पुगे । उनी अल्सर रोगको विरामी पनि हुन् । घरमा आम्दानिको स्रोत केही पनि नभएका उनी भत्ता आएको पैसाले औषधी खाने गरेका छन । “विहान लाईनमा बस्नुस भक्ता पाउनु हुन्छ भनि बैंकका कर्मचारीले आश्वासन दिएर बसाले पनि १२ बजे पछि भने आज भत्ता पाउनु हुदैन्, भोली आउनु होला भनेर पठाए ”, उनले भने । आफु भन्दापछि आएकाले भत्ता पाएपनि आफुहरुले नपाएको उनले दुखेसो पोखे ।

“अरुले पैसा पाए मैले पनि कतै पाईहाल्छु की भनेर बसी रहेको छु” उनले भने ।  पढेलेखेकाहरु आफै चेक काटेर भक्ता लगे पनि आफु अनपढ हुदा चेक काट्न नजानेकाले आफुलाई भक्ता पाउन समस्या भएको उनको भनाई छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ हस्नापुरकी ७३ बर्षिया नोखी बस्नेत नातिको साहारामा तुलसीपुरमा भक्ता बुझ्न आईन । बिहानैबाट लाईनमा बसे पनि उनको पालो ४ घण्टा सम्म पनि आएको थिएन ।

“घर टाढा छ बिहानै आएको भोक लागेको छ, यहाँ बस्ने व्यवस्था पनि छैन के–के रोग आएको छ भन्छन, नजिक बस्नु हुदैन् भन्छन तर यहाँ ढकला ढकल गरेर बसेका छौ” उनले भनिन्“हामी बुढापाखालाई सारै समस्या भयो ।” बृद्धभत्ता घरघरमै पु¥याउने व्यबस्था मिलाउनु पर्ने उनको भनाई छ ।

यता तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले भने बैंकहरुलाई सामाजिक दुरी कायम गरेर भत्ता वितरण गर्न निर्देशन दिएको जानकारी दिए । “ हामीले सामाजिक दुरी कायम गरेर भत्ता दिन भनेका छौ त्यसको पालना भए नभएको अनुगमन गर्छौ उनले भने ” ।

tulsipuronline