घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

 Indra budhathoki

२०७७ बैशाख १५ गते सोमबार

twitter sharing button
sharethis sharing button
वैशाख १५,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर घरमै पुगी वितरण गरेको छ । लकडाउनका कारण बृद्धवृद्धाहरु बैंकसम्म जान नसक्ने भएका कारण नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

नगरपालिका ले ज्येष्ठ, एकल, अपांगता, दलित र बाल पोषण भत्ता घरमै गएर वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका ३ हजार २३ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको बनगाड कुपिण्डे नगरपालिकाका सूचना अधिकारी धर्मराज ढकालले बताए । जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको ढकालले बताए ।

लकडाउनको समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा दंग परेको बनगाड कुपिण्डे नगरपालिका ८ का वडाध्यक्ष कुल बहादुर पुरीले बताए । लकडाउनले जनप्रतिनिधि र जनतालाई नजिक बनाउन पनि मद्यत गरेको उनको भनाई छ ।

दोस्रो चौमासिकमा  दुई करोड ३१ लाख १३ हजार ६ सय सामाजिक सुरक्षा भत्ता वितरण हुने जानकारी दिए । अहिले वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता दोस्रो चौमासिकको समेत रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<