स्थानियको पहलमा घाइते रतुवाको उद्धार

सल्यान १५, बैशाख ।
सल्यानमा घाइते बन्यजन्तु रतुवाको उद्धार गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ कनचिरे सामुदायिक वनबाट कुकुरले लखेट्दै ल्याएको वन्यजन्तु रतुवाको उद्धार गरिएको हो । आज रतुवालाई घाइते अवस्थामा बल्लेखोलामा फेला परेपछि स्थानीयको पहलमा उद्धार गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

उद्धार गरिएको रतुवालाई उपचारको लागी वन कार्यालयमा राखिएको छ । जंगली जनावर रतुवा संरक्षित जनावर अन्र्तगत पर्दछ ।

salyantoday

प्रतिक्रिया दिनुहोस

<