३ हजार १ सय नागरिकलाई मास्क र ७१० घरधुरीलाई साबुन वितरण 

सुर्खेत सिम्तामा मास्क र साबुन वितरण

इन्द्र बुढाथोकी
सल्यान १४ बैशाख
सुर्खेतको सिम्तागाउपालिका ३ नं वडा कार्यालय आग्रीगाउले प्रत्येक घरका सदस्यलाई पुग्ने गरि एक व्यक्ति एक मास्क र एक घर एक साबुन वितरण गरिएको छ । ३ न वडाको प्रत्येक घरधुरीलाई ३ हजार १ सय मास्क र ७ सय १० घरधुरीलाई सावुन वितरण गरिएको छ । मास्क बजार भरी अभाव भएको अबस्थामा वडा कार्यलयले स्थानीय टेलरलाई सिलाउन लगाएर तयार गरेरकाे थियो ।
 वडा नं ३ मा गठन गरिएका ९ वटा युनिट एक्सन टिमले प्रत्येक टाेलकाे घरधुरीमा पुगेर प्रत्येक घरकाे परिवार संख्या,भारत र अन्य देश गएको संख्या,घर बाहिर तथा नेपाल भित्र कुनै ठाउँमा गएको संख्या र दिर्ग राेगिकाे अबस्थाकाे विवरण संकलन गरेका थिए।माक्र्स र साबुन वितरण अाज प्रत्येक टाेलका युनिट एक्सन टिमले मास्क र साबुन वितरण गर्ने वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिनु भएको छ । ३ नं वडा कार्यालयले काेराेना राेकथामकाे लागि सबै राजनीति दल, समाजसेवी र संघसंस्थाताको सक्रियता देखिएको छ । केही दिन भित्र विपन्न घरधुरीलाई खाद्यान्न वितरण गर्ने तयारी गरेको वडा सदस्य लाेक बहादुर शाहीले जानकारी दिनुभएको छ भने वडा कार्यलयले विपन्न घरधुरी पहिचान गरिसकेको वडा सचिव तेजबिक्रम सिहले बताउनु भएको छ । टाेल स्तरको युनिट एक्सन टिमले मुठी,माना,पाथि र मुरी अभियान सञ्चालन गरि अापतकालिन अन्न भण्डार गर्ने निर्णय समेत भएको थियो।
              यस्तै गरि वडा नं ४ बजेडीचौरले पनि विपन्न
घरपरिवारलाई खाद्यान्न वितरण गर्न शुरू गरेको वडा अध्यक्ष भिम बहादुर रावतले जानकारी दिनुभएको छ।वडा नं ६ राकमले पनि सबै नागरिकलाई एक व्यक्ति एक माक्र्स र विपन्न घरपरिवारलाई खाद्यान्न वितर गर्ने शुरू गरिएको वडा अध्यक्ष राजेन्द्र सिह ठकुरीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

<