बनगाड कुपिण्डे नपामा उद्योग वाणिज्य संघको राहत

14 baishakh,077


इन्द्र बुढाथोकी

सल्यान– उद्योग वाणिज्य संघ सल्यानले वनगाड कुपिण्डे नगरपालिकामा पनि १५ हजार रुपैयाँ जम्मा गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा वाणिज्य संघले रकम जम्मा गरेको हो । आइतबार संघका जिल्ला अध्यक्ष वीर बहादुर चलाउनेले नगरप्रमुख गोविन्द कुमार पुनलाई रकम हस्तान्तरण गरे ।

राहत स्वरुपको रकम बुझ्दै नगरप्रमुख पुनले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोक्न यतिबेला सहयोगी हातको खाँचो रहेको बताए । उनले सबै मिलेर कोरोना विरुद्धको अभियान चलाउनुपर्ने बताए ।

सो अवसरमा नगर उपप्रमुख मन्जु यरी, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, वाणिज्य उपाध्यक्ष दिपक वोहोरा, उपाध्यक्ष भुपाल शाहु, महासचिव भरत कुमार वस्नेत, बजार व्यवस्थापन समिति सल्लीबजारका अध्यक्ष शिव ओली लगाएत सहभागी थिए ।

इन्द्र बहादुर बुढाथोकी
बनगाड कुपिण्डे ४ सल्यान

प्रतिक्रिया दिनुहोस

<