दृष्टिबिहीन बालबालिकाको लागि निःशुुल्क योग शिविर सञ्चालन

सल्यान, १३ चैत ।

दृष्टि बिहीन बालबालिकाहरुका लागि सल्यानमा निःशुुल्क योग शिविर सञ्चालन भईरहेको छ । यहि चैत्र ८ गते मंगलबारदेखि शारदा न.पा.१ शितलपाटीमा रहेको शिवजन मा वि.को छात्रावासमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थी भाइबहिनीहरुको लागि ७ दिने निशुल्क योग शिविर सञ्चालन भएको प्रशिक्षक योगिनी गीता श्री ले बताउनुुभएको छ ।

जानकारी अनुुसार शिविरमा १८ जना छात्रछात्रा र श्रोतव्यक्तिको सहभागीता रहेको छ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज र जिल्ला आयुर्वेद हस्पिटलको संयुक्त कार्यान्वयनमा शिविर सञ्चालन भएको हो । दृष्टिविहीन बालबालिकाको लागि पनि योगको आवश्यकता भएको भन्दै योग शिविर सञ्चालनका लागि शिवजन मा.वि.का प्रधानाध्यापक हिरालाल नेपालीले स्वीकृति दिई सहयोग गर्नुुभएको छ । त्यस्तै योगलाई निरन्तरता दिन समय समयमा पुनर्ताजगीको रुपमा फेरी फेरी पनि प्रशिक्षण गरिने बताईएको छ ।

 


दृष्टिबिहीन बालबालिकाहरुका लागि योग शिविरको भर्खरै मात्र शुुरुवात भएको हो । अब सल्यान बाहेक राप्ती अंचलका जिल्ला भनेर चिनीएका दाङ, सल्यान, रुकुुम, रोल्पा र प्युुठानमा रहेका दृष्टिबिहीन बालबालिकाहरुको लागि पनि योग शिशिर सञ्चालन गरिने प्रशिक्षक गीता श्री ले बताउनुुभयो ।

दृष्टिबिहीन बालबालिकाहरुको योगप्रतिको आकर्षण र उनीहरुको अनुुरोधको आधारमा समग्र कर्णाली प्रदेशकै जिल्लाहरुमा पनि योग शिविर सञ्चालन गर्नेबारे सोच बनेको उहाँले जानकारी दिनुुभएको छ ।

पछिल्लो समय स्वास्थ्यका लागि योगको महत्व बढ्दै गएको छ । केही दिन अघि मात्रै दाङको गुुरुजजुुर मा.वि.रक्षाचौरका दृष्टिविहीन बालबालिकाको लागि यस्तै शिविर सञ्चालन भएको थियो । विभिन्न उमेर समूूहका व्यक्तिहरुका लागि लाभदायी रहेकोले आवश्यकता अनुुसार सवै उमेर समूूहका सहभागीहरुका लागि प्रशिक्षण गर्दै आएको बताईएको छ ।

सल्यानमा केही वर्ष अघिदेखि योग शिविर र योगाभ्यास सञ्चालन हुने गरेको छ । सदरमुुुकाम खलंगाका विभिन्न स्थानमा योगाभ्यास गरिएको थियो । योगले डिप्रेशनमा पुुगेका र जीवन नै निरर्थक ठानिरहेकाहरुका लागि उपचारको समेत काम गरेकोले यसको महत्व बढ्दै जानासक्ने बताईएको छ ।हाल आयुुर्वेद हस्पीटलमा योग सिक्नका लागि हल समेत निःशुुल्क उपलब्ध गराईएको र योगाभ्यास हुने गरेको प्रशिक्षक गीताश्रीले जानकारी दिनुुभयो ।

 

प्रतिक्रिया दिनुहोस

<