‘बनगाड लोक साहित्य महोत्सव २०७८’ को तयारी पुुरा

सल्यान, १३ चैत्र  ।

सल्यान कला साहित्य परिषद् सल्यानले ‘बनगाड लोक साहित्य महोत्सव २०७८’ को तयारी पूूरा गरेको जानकारी दिएको छ ।


‘हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान’ भन्ने मुल आदर्श वाक्य बोकेको उक्त साहित्यिक संस्थाले विभिन्न मिति, समय र अवसरमा जिल्ला र जिल्ला बाहिर समेत विविध साहित्यिक गतिविधि गर्दै आइरहेको छ ।

यहीँ सिलसिलालाई निरन्तरता दिदै यहीँ चैत्र १४ देखि १५ गतेसम्म परिषद्ले बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा ‘बनगाड लोक साहित्य महोत्सव २०७८’ बनगाड कुपिण्डे नगरपालिका सल्लिबजारमा आयोजना गरेको छ ।

लोपोन्मुख कला, संस्कृति र स्थानीय प्रतिभाहरुको उजागर, संरक्षण, प्रवर्धन, उत्थान, जगेर्ना, उन्नयन र श्रीवृद्धिको लागि निरन्तर प्रयाश गरिरहेको आयोजक संस्थाले जानकारी दिएको छ । महोत्सवमा बहुचर्चित, राष्ट्रिय स्थापित, कवि, गजलकार, कलाकार, साहित्यकार, गायक–गायिका साथै स्थानीय विभिन्न प्रतिभाहरुको प्रतिभा प्रस्तुति रहनेछ ।

त्यस्तै साहित्यकार÷गायक हरुलाई सम्मान समेत गरिने कार्यक्रम भएकोले उपस्थितिका लागि सम्पुर्ण बनगाड कुपिण्डेवासि तथा सल्यानवासिहरुमा आयोजक पक्षले हार्दिक निमन्त्रणा गरेको छ ।

आयोजकले दिएको जानकारी अनुुसार महोत्सवका आकर्षण, कार्यतालिका र थप जानकारी निम्न बमोजिम रहेको छ ।

महोत्सवका आकर्षक कार्यक्रमहरु :

चैत्र १३ गते साँझ

१) ’’सल्यान आमन्त्रित अतिथि स्वागत साँझ’’।
महोत्सवको पहिलो दिन चैत्र १४ गते
१)’’टप्पा,मयुर,लाखे,सोरठि,लहरे,सारङ्गि,पञ्चेबाजा,पैजेरु आमा समूह, स्थानीय प्रतिभाहरुको र्याली प्रदर्शनी तथा स्टेज प्रस्तुति।“
२) सल्यान गजल महफिलको निरन्तर शृङ्खला ’पाँचौ सल्यान गजल महफिल“।
२ मुक्तक मुसायरा
३ कविता वाचन
४) राष्ट्रिय गायक ÷गायिकाहरुको प्रस्तुति ।
५) हास्यव्याङ्गय कलाकारको प्रस्तुति ।
६ ) सम्मानित व्यक्तित्व ज्युहरुलाइ सम्मान

महोत्सवको दोस्रो दिन चैत्र १५ गते

१) स्थानिय प्रतिभाहरुको प्रस्तुति
२) स्थानीय सर्जकहरुको सिर्जना वाचन
३ बन्गाड बिम्ब विमर्श
४) राष्ट्रिय लोकदोहरी गायक गायिकाहरुको प्रस्तुत
५) प्रमुख अतिथि ज्युको विशेष मन्तव्य ।
६ ) सभाध्यक्षबाट कार्यक्रम समापन

महोत्सव प्रमुख अतिथि ः

गोविन्द कुमार पुन
बनगाड कुपिण्डे नपालिका प्रमुख
स्थान ः सल्लिबजार सल्यान

महोत्सव उद्घाटन मिति ः२०७८÷१२÷१४ गते ११ बजे
महोत्सव समापन मिति ः२०७८÷१२÷ १५ गते

महोत्सव संयोजक ः जीवन ’जलन’
सम्पर्क नम्बर ः ९८४३४३७९७६

अध्यक्ष ः भरत रोकाय ’एक्सन’
सम्पर्क नम्बर ः९८६९६४९५७५

आर्थिक सहयोग
बनगाड कुपिण्डे नगरपालिका सल्यान

आयोजक ः
सल्यान कला साहित्य परिषद् सल्यान

प्रतिक्रिया दिनुहोस

<