विदेशबाट फर्केकाहरुको घरमै पुगेर परामर्श, हेल्थ डेस्कमा ३३ हजार ८४९ जनाको जाँच (अडियो सहित)

सल्यान, १४ चैत्र ।
विदेशबाट फर्किएकाहरुलाई सल्यानको कपुरकोट गाउँपालिकाले खोजी गर्दै घरमै गएर परामर्श दिने कार्यलाई जारी राखेको छ । भारत, कतार लगाएतका देशबाट आएका नागरिकहरुलाई खोजीगर्दै उनीहरुको घरमै पुगेर छुट्टै बस्न आग्रह सहितआवश्यक परामर्स दिइएको गाउँपालिकाले जनाएको छ ।

कोरोनाभाइरस फैलननदिन सकेसम्मको प्रयास गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले कपुरकोट स्थित हेल्थ डेस्कमा आएकालाई त्यहिँ नै र पैदलमार्फत अन्यत्रको बाटो हुँदै गाउँआएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी सहित घरमै पुगेर होम क्वारेन्टाइनमा बस्न लगाइएको जनाए ।

गाउँपालिकाका ६ वटै वडाहरुमा सतर्कता समिति गठन भएकाछन् भने गाउँगाउँमा पर्चा, पमपलेट लगाएतका माध्यमबाट पनि सतर्कताका क्रियाकलापहरु सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।

कपुरकोट ६ मा ४ जना, कपुरकोट ४ मा एक जना र कपुरकोट ३ मा एक जनाविदेश बाटफर्केर आएकाब्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न आग्रहगर्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारि दिए ।

यसैविचगत चैत्र १ गतेदेखि कपुरकोटमा सुरु भएको हेल्थ डेस्कमा विदेशबाट फर्किएका २ सय ८५ जनाको जाँचगरिएको छ । २४ सै घण्टा हेल्थ डेस्क संचालनमा रहेको र हाल सम्म ३३ हजार ८४९ जनाको कोरोनास्क्रिनिङ परीक्षणगरिएको फोकल पर्सन सेनले जानकारी दिए ।

विदेशबाट फर्किएकाहरु स्वयम आफु र आफ्नो परिवारलाई संक्रमणबाट बचाउन सचेन नहुने हो भने र उनीहरुलाई आवशयक परामर्स दिनन सक्ने हो भने सानो गल्तीबाट ठूलो समस्या ब्यहोर्नपर्ने अवस्थाआउन सक्ने फोकल पर्सन सेनले जनाए ।

अडियो सुन्नुहोुस

 

प्रतिक्रिया दिनुहोस

<