सल्यानका एक युवाले गरे व्यक्तिगत लगानीमा मास्क वितरण

सल्यान, १४ चैत ।
सल्यानका एक युवाले कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण गर्न मास्क वितरण गरेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ भोटेचौरका पोषण परियारले वडाका १ सय ५० बढीलाई मास्क वितरण गरेका हुन् ।

बेबिशा सुटिंग एण्ड बुटिक सेन्टरको प्रो प्राइटर समेत रहेका परियारले रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु उत्तम भएकाले आफ्नो गक्ष अनुसार मास्क वितरण गरेको उनले बताए । उनले भने विपद्को यो घडीमा लुट भन्दा छुट गर्ने गरौं । आफैले उत्पादन गरेर मास्क वितरण गरेको उनको भनाई छ ।

उनले भिडभाडमा नजान नागरिकलाई आग्रह गर्ने गरिएको बताए । कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुनपानीले नियमित हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग हो उनले भने ।

प्रतिक्रिया दिनुहोस

<