मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार शर्माद्धारा एक महिनाको तलव राहत कोषमा

सल्यान, १४ चैत ।
कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
आफ्नो एक महिना बराबरको तलव विपद् राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका विरुद्ध आ आफ्नो सहभागिताको लागि एक महिनाको तलव विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको उनले बताएका छन् ।

भाईरसको महामारीको समयमा आत्तिएर भन्दा सावधानी अपनाएर घरमै बस्न आग्रह समेत गरेका छन् । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन र नआत्तिएर बस्न उनले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

<