समुह द्धारा कृषि खेती गर्दै किसान

चैत्र ११ सल्यान ।
सल्यान छत्रेश्वरी गाउपालिका वडा नं.–५ महानेटाका कृर्षक मोहन खत्रीलाई पहिले–पहिले आफ्नो परिवार पाल्न धौधौ हुन्थ्यो । वर्षभरी कमाएको पैसाले छमहिना सम्म पनि आफ्नो परिवार पाल्न समस्या हुने गरेको उहाँले वताउनुभयो ।

“घरमा साना छोरा छोरी बुढा बाबु–आमा भएकोले घरको सवै जिम्मा आफुलाई आएको उहाँले वताउनुभयो” ।

आफ्नो घर आगनमै थुप्रै सम्भावना भए आफुले काम गर्ने तरीका थाहा नपाउदा काम गर्न समस्या भएको उहाले वताउनु भयो । यो समस्या खत्रीको मात्र नभएर महानेटाका धेरै कृर्षलाई यो समस्याले पिरोलेको थियो ।

त्यो समस्याको समाधान वन्यो दलित विकास समाज (डिडिएस) द्धारा सञ्चालित पहल कार्यक्रम, पहल कार्यक्रमले मोहन खत्री लगाएत महानेटाका धेरै कृर्षको जिवन स्थरमा परिर्वतन ल्याएको कृर्षकहरुले वताउने गरेका छन ।

पहिले आफुले घर व्यवहार चलाउन भारतमा जाने गरेको र गाउमा पहल कार्यक्रम सञ्चालन भए पछि आफुले गाउमै कृषिपेसा गर्ने गरेका अर्का कृर्षक हुर्मत वुढाले वताउनु भयो । उहाँले भन्न्नुभयो ।

पहिले पहिले आफु लगाएत गाउका धेरै जसो मानिस कमाउनको लागि भारत तर्फ जाने गरेको र गाउमा पहल कार्यक्रम संञ्चालन भए पछि गाउँका सवै दाजु भाईले गाउमै कृषि पेसा गर्ने गरेका वुढाले वताउनु भयो ।

उहाँले भन्नुभयो ‘गाउमा समुह गठन गरेका छौँ समुह वाटै सवै काम गर्दा समुहका सवै सदस्यलाई फाइदा भएको छ ।’ आफुले एकलैले भन्दा पनि सवै मिलेर काम गर्दा कुसैलाई पनि समस्या नहुने समुहका सदस्य हरुले वताएका छन् ।

पहिले पहिले वर्षमा ५० हजार आम्दानी नगर्ने कृर्षकले अहिले वर्षका दुई लाख देखी तिन लाख सम्म आम्दानी गर्ने गरेका छत्रेश्वरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लिलाधर घर्तीले वताउनु भयो । उहाँले भन्नुभयो पहल कार्यक्रमले गाउका कृर्षकलाई आर्थिक सहयोग प्राविधिक सहयोग गरेर राम्रो काम गरेको वताउनु भयो ।

गाउँका कृर्षकलाई घरमै वसेर जिविकोपार्जन गर्ने वातावरण गराइ दिएकोले पहल कार्यक्रमलाई .धन्यवाद दिनुभयो ।

दलित विकास समाज सल्यानका अध्यक्ष निम वहादुर नेपाली, नेपाल छत्रेश्वरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लिलाधर घर्ती पहल कार्यक्रमको शुसासन अधिकृत सन्तोष विक लगाएतको टोलीले पहल कार्यक्रमले गरेका कामको अनुगमन गरेको थियो ।

छत्रेश्वरी गाउँपालिका वडा नं. २ र पहल कार्यक्रमको सहयोगमा २ नंं. वडामा पलास्टीक टनेर वितरण गरीएको वडा नंं २ का वडा अध्यक्ष प्रेम वहादुर खड्काले वताउनुभयो ।

गाउँमा अहिले सवै कृर्षकले व्यावसायीक कृर्षि खेती गरेको उहाले वताउनु भयो । वडाको नारा पनि एक घर एक करेसा वारी, एक उत्पादन ११ वटा नारा वडाले लिएको उहाँले वतानु भयो ।

प्रतिक्रिया दिनुहोस

<