धातुजन्य बस्तु र निर्माण सामग्रीको भाउ ह्वात्तै बढ्दा नागरिकहरु मर्कामा

यतिबेला धातुुजन्य बस्तुु र निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ । सामान्यतया बस्तुुको भाउ बढ्नुुलाई आश्चार्यजनक मान्न सकिदैन ता पनि हिजोआज बढेको धातुजन्य बस्तुु र कतिपय निर्माण सामग्रीको मूूल्यले भने धेरैलाई थला पारेको छ ।

लामो समय कोभिड–१९ का कारण सवै प्रकारका कामहरुको गति सेलाएको थियो । सरकारी विकास निर्माणदेखि उद्योग कलकारखानाहरुका कामहरु सुुस्त थिए । तर कोभिड–१९ को प्रभाव कम हुुन वित्तिकै एकैचोटि निर्माण सामग्रीहरुको भाउ बढ्दा भौतिक संरचना निर्माण गर्न खोज्नेहरु निकै मर्कामा छन् ।

घरको छानोको रुपमा अत्यधिक प्रयोगमा आउने जस्तापाता र विभिन्न संरचनाहरुमा प्रयोग हुुने फलामको सरियाको भाउ निकै बढेको कारण सवै प्रकारका निर्माणका काममा अब महंगो पर्ने भएको छ । निर्माण सामग्र्र्रीमा धेरै प्रयोग गरिने सिमेन्टको मूूल्यमा भने त्यति उतारचढाव देखिदैन ।

पछिल्लो समय नेपालमा सिमेन्ट उत्पादन कारखानाहरु धेरै खुुलेका कारण धेरैजसो माग धानेको छ । अहिले बजार भाउ ह्वात्तै बढेको भनेको स्वदेशमा उत्पादन हुुन नसक्ने बस्तुुहरुको हो ।

हुनत निर्माण सामग्री र धातुुजन्य वस्तुुमात्रै होइन, इलेक्ट्रोनिक वस्तुहरुको पनि भाउ बढेको छ । त्यस्तै बस्तुुहरुको पनि भाउ बढेकै छ । तर कुुनै कुुनै बस्तुहरुको उपयोग वा प्रयोग कम गर्दा पनि खर्चबाट केही हदसम्म जोगिन सकिन्छ ।

तर घर बनाउन प्रयोग गरिने सिसा, फलाको सरीया, जस्ता लगायतका वस्तुहरुमा भएको महंगीले सेवाग्राहीहरु निकै मारमा परेका छन् । केही महिना अघिसम्म करीब २५ प्रतिशत कम मूूल्यमै सामान खरिद गर्न सकिन्थ्यो, तर अब २५ प्रतिशतको हाराहारीमा मूूल्य बढेको छ ।

निर्माण सामग्री मात्रै होइन, तामा, पितल लगायतका धातुजन्य बस्तुहरुको मूूल्य पनि ह्वात्तै बढेको छ । १५००।–रुपँया किलोमा पाईने तामा अहिले १८५०।– भन्दा बढी छ । जुन बस्तुु नेपालमा उत्पादन भईरहेका छन्, ती बस्तुुहरुको मूूल्य त्यति धेरै बढेको छैन, तर जुन बस्तुका लागि हामी परनिर्भर छौं, त्यस्ता बस्तुुहरुको मूूल्य ह्वात्तै बढेको छ ।

कतिपय वस्तुहरुको कम्पनी मूूल्य बढेको छैन, तर बीचैमा व्यापारिहरुले बढाएको पाईन्छ । जसरी पनि कमाउने भन्दै कतिपय अवस्थामा मनलाग्दी मूूल्य तोक्ने गरेका खवरहरु पनि सुुन्न सकिन्छ ।

कतिपय खराब नियतका व्यापारिहरुबाट पनि सेवाग्राहीहरु मर्कामा छन् । बस्तुु प्रशस्त हुदाहुदै पनि लुकाएर अभाव देखाउने, भाउ बढाउनको लागि भएका वस्तुुहरु पनि छैनन् भनिदिने र ग्राहकले महंगोमा भएपनि किन्ने अवस्थामा जति पनि उपलब्ध गराउने कालोबजारीयाहरुका कारण पनि नागरिकहरु मर्कामा छन् । अतः कालोबजारीयाहरुलाई सरकारले निगरानी गर्न आवश्यक छ र नागरिकहरुलाई राहत दिन जरुरी छ ।

कृतिम भाउ बढाएर सर्वसाधारण नागरिकहरु ठग्ने व्यापारिहरुलाई राज्यले कारबाही गर्नुुपर्छ । बस्तुको उत्पादन प्रशस्त हुदाहुुदै सेवाग्राहीहरुलाई महंगो बेच्नेहरुलाई पनि कारबाही गर्न जरुरी छ । सर्वसाधारण नागरिकहरुलाई जसरी भएपनि राज्यले राहत दिनुुपर्छ ।

प्रतिक्रिया दिनुहोस

<