वर्षा र हिमपातले मुलुकभर चिसो बढ्यो, जनजीवन कष्टकर

 

फाल्गुन १५, सल्यान् ।

 

हिमाली भेगको हिमपात र देशका विभिन्न जिल्लाहरुमा हिजोदेखि लगातार परेको पानिले जनजीवन कष्टकर भएको छ । वर्षमा मुश्किलले एक दुईपटक हिमपात हुने पहाडि जिल्ला सल्यानमा समेत यो वर्ष तीन चारपटक हिमपात भैसकेको छ । मुलुकभर जाडो बढेको छ । हिमाली भेगमा मानिसहरु घरभित्रै बस्न बाद्य भएका छन् । पहाडी जिल्लामा समेत फाल्गुनको मध्य अवस्थामा आईपुग्दा पनि हिमपात हुदैछ । यसपटकको हिमपात र वर्षाका कारण कतिपय सरकारी कार्यालयमा नै आगो तापेर बस्नुपरेको अवस्था छ ।

 

हिमपात, वर्षा र  चिसोका कारण काम गरिखाने वर्गलाई काम गर्न समस्या छ भने विद्यार्थीहरु परीक्षामा नै सहभागी हुन कठिनाई देखिएको छ। कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पा लगाएका जिल्लामा हिमपातका कारण विद्यार्थीहरुलाई अझ बढि समस्या देखिएको छ ।

फागुन १६ गतेदेखि कर्णाली प्रदेशमा प्राबिधिक तथा व्यवसायी तालिम परिषद्ले शिभिल ओभरसियरको परिक्षा लिन लागेको थियोे ।

जसको रुटिङ यसअघिनै सार्बजनिक भैसकेको छ । तर हिमपातका कारण परिक्षामा सहभागी हुन विद्यार्थीलाई समस्या हुने देखिएको छ । । चिसोले विकास निर्माण देखि सेवामूलक कामहरुको समेत सेवा प्रवाहमा अवरोध भईरहेको छ । हिउद सकिनै लाग्दा हिमपात र वर्षा बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस

<