सल्यान तेस्रो गजल महफिलको समीक्षा सम्पन्न

सल्यान, ११ पुस ।


सल्यान कला साहित्य परिषद्, सल्यानले तेस्रो गजल महफिलको समीक्षा गरेको छ । यहि पौष तीन गते बागचौर नगरपालिका क्षेत्रमा भएको महफिलको समीक्षा श्रीनगरमा सम्पन्न गरेको हो । समग्रमा गजल महफिल उत्कृष्ट रुपमा सम्पन्न भएको परिषद्को निष्कर्ष छ ।

सल्यान जस्तो विकट र दुुर्गम क्षेत्रमा विभिन्न जिल्लाबाट सर्जक र राष्ट्रिय स्तरका प्रतिभालाई निमन्त्रणा गरेर रचना बाचन गराउनुुलाई परिषद्ले महत्वपुुर्ण रुपमा लिएको परिषदका अध्यक्ष भरत रोकाय एक्सनले बताएका छन् ।

परिषद्का संयोजक लोकेश जलनले गजल महफिलको श्रृंखलालाई निरन्तरता दिनुुपर्ने बताएका छन् । लेख्नुु वा वाचन गर्नु मात्रै महत्वपूूर्ण नभै भोलिका दिनमा शब्द संयोजन, भाव र मिठास लगायत विविध कुरालाई त्यत्तिकै ध्यान दिनुपर्ने र जिल्लाको कला साहित्य क्षेत्रलाई अँझ माथि उठाउनु पर्ने भएकोले पछिल्लो पुुस्तालाई प्रशिक्षण समेत दिनुपर्ने आवश्यकता रहेको औंल्याए ।

परिषद्का सचिव तारादेव शर्माले साहित्यिक कार्यक्रमलाई निरन्तरता दिन संगठन र सञ्जाल अँझ बलियो बनाउनुपर्ने बताए । त्यस्तै गजल महफिल लगायत साहित्यका विविध गतिविधि अगाडि बढाउन स्थानीय स्तरमा समन्वय गर्नुुपर्ने र एक वर्षमा जिल्लाका फरक फरक स्थानमा तीन वटा सम्म महफिल वा साहित्यक कार्यक्रमको आयोजना गर्नुुपर्ने आवश्यकता महशुुस भएको भन्दै त्यसको लागि परिषद्ले तयारी गरिरहेको जानकारी संयोजक लोकेशले जानकारी दिएका छन् ।

परिषद्का सदस्यहरुले यसभन्दा अगाडि आफूूहरुलाई निर्देशन दिने अभिभावकको खाँचो रहेको बताउदै पछिल्लो पुुस्ताका लागि भने आफूहरुले बाटो बनाइदिएको बताएका छन् ।

त्यस्तै कला, साहित्य र संगीत जस्ता कुुराहरु सवैको साझा सम्पत्तिको रुपमा रहने भन्दै त्यसको जगेर्न गर्नुुपर्ने जिम्मेवारी जिल्लाबासीको नाताले सवैको हुने र सञ्चारक्षेत्रले अँझ बढी भूमिका निर्वाह गर्नुुपर्ने ठहर पनि परिषद्ले गरको छ ।

आगामी दिनमा परिषद्ले पनि समन्वयमा जोड् दिने बताउदै जिल्लाका सञ्चारक्षेत्र लगायत कला साहित्यप्रेमीहरु स्वतस्फूूर्तरुपमा समेत अगाडि बढ्नुुपर्ने आवश्यकता देखिएको अध्यक्ष भरत रोकायले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

<