कुमाख गाउँपालिकाको केन्द्र रागेचौरमा बजार व्यवस्थापन समिति गठन


सल्यान, ११ पुस ।
सल्यानको कुमाख गाउँपालिकाको केन्द्रमा रहेको रागेचौरमा बजार व्यवस्थापन समिति गठन गरिएको छ ।

शनिवार सम्पन्न स्थानीय बजारका व्यावसायीको भेलाले चन्द्र बहादुर रानाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा भद्र बहादुर बुढाथोकी, सचिवमा भुवनेश्वर शर्मा, सहसचिव कुल बहादुर रावत,कोषाध्यक्ष डिल्लीराज शर्मा र सदस्यहरुमा डम्बर बहादुर रावत, केशव शर्मा, डम्बर शाही, गुमान रावत, प्रेम जैसी र टीकाराम वि.क रहेका छन ।

भेलाले बजारमा व्यवसाय संचालन गरेकालाइ दर्ता, नविकरण गरेरमात्र व्यवसाय गर्न लगाउने निर्णय पनि गरेको छ । भेलामा ३ नं वडाका वडाध्यक्ष चित्र बहादुर बुढाथोकीको विशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<