रोल्पा सिमेन्टले ढुंगा निकासी गर्दा सडकको अवस्था बेहाल, सिडियो पुगे कपुरकोट

आइतबार प्रशासनमा छलफल हुने

सल्यान, ११ पुस ।

स्थानीय स्थरमा उत्पादित चुनढुंगालाई सदुपयोग गरेर सोहि ठाउँमा सेमेन्ट उत्पादन गर्ने भनेर रोल्पाको त्रिवेणी गाउँपालिका – ३ कोइलामा २०६६ मा स्थापना भएको रोल्पा सिमेन्टले पछिल्लो समय रोल्पा सिमेन्टले मनपरि गर्न थालेको छ ।

रोल्पा सिमेन्टको काम अहिले कच्ची बाटोमा धुलो उडाउने देखि पक्की बाटोमा कालोपत्रे उम्काउने सम्मको छ । कहिले स्थानीयहरुसँग गरिएका सम्झौताहरुलाइ लत्याउदै मनपरि काम गरिरहेको छ भने कहिले सिमेन्ट उत्पादनको नाममा ढुंगा निकासी गरिरहेको छ ।

रोल्पा सिमेन्ट प्रालि विशुद्द सिमेन्ट उत्पादन गर्ने भनेर स्थापना भएको थियो । तर अहिले सिमेन्ट उत्पादन छोडेर ढुंगा निकासी गर्न थालेको छ । आफ्नो सिमेन्ट उत्पादनको लागि भनेर संकलन गरेको कोइला आसपासको ढुंगा रोल्पा सिमेन्टले केहि ढुंगा दाङको अमेलियामा लिएर स्टोर गरेको छ भने केहि ढुंगा अर्घाखाँचीमा रहेको अग्नी सिमेन्टलाइ बिक्री गरिरहेको श्रोतले लेकाली अनलाइनलाइ जनाएको छ ।

यता खानी तथा भूगर्भ विभागका प्रवक्ता जयराज घिमिरेका अनुसार कुनै पनि उद्योगले माइनिङ लाइसेन्स नवीकरण गरेको खण्डमा मात्रै अन्यत्र कच्चा पदार्थ बिक्री वितरण गर्न पाउँछन् । दैनिक दश चक्के टिप्परले १६ टन मात्रै कच्चा पदार्थ बोक्न पाउने व्यवस्था छ तर यो क्षेत्रमा गाडीले दैनिक २७ टन बोक्दै आएका छन् ।

ढुंगा निकासीले सडक बिग्रीयो

क्षमताभन्दा बढी कच्चा पदार्थ ढुवानी गर्दै आएका टिप्परका कारण राप्ती राजमार्गअन्तर्गत रहेको कपुरकोट–तुलसीपुर सडक खण्ड खाल्डाखुल्डी भएको छ भने कालोपत्रसमेत उप्किएको छ ।

त्यस्तै कपुरकोटदेखि कोइला सम्मको सडक पनि बेजोक अबस्थाको छ । यो सडकलाइ मर्मत गर्नुपर्ने भन्दै पटकपटक स्थानीयवासीहरुले आन्दोलन गर्दै आएका छन् । केहि महिना अघि क्षेमता भन्दा बढी ढुंगा राखेर ढुंगा निकासी गर्दै गरेको टिप्पर खाली नजिकै सडक भासिएर दुर्घटना समेत भएको थियो ।

सिडियो पुगे कपुरकोट

ढुंगा निकासी गर्ने टिप्परका कारण यो सडक क्षेत्रका स्थानीयहरूले यति सास्ती खेप्न थालेपछि शुक्रबार सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ सहितको टिमले सडकको अवलोकन समेत गरेका छन् ।

उनले धुलो प्रभावित क्षेत्र कपुरकोट देखी खालि बजार सम्मको क्षेत्रको अवलोकन गरेका हुन् । उनि सहित जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापा लगायत जिल्ला स्थित अन्य शुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिहरुले अनुगमन गरेका हुन् ।

आइतबार प्रशासनमा छलफल हुने

धुलो नियन्त्रण, जीर्ण सडकको मर्मत लगाएतका विषयमा मसिनो ढंगले छलफल गरेर आवश्यक निर्णय लिइने प्रजिअ तामाङले बताए । जसका लागि पौष १२ आइतबार जिल्ला प्रशासन कार्यालयमा बैठक राखिएको प्रजिअ तामाङले लेकाली अनलाइनलाइ बताए । बैठकबाट ठोस निर्णय गरिने उनको भनाइ छ ।

बैठकमा समन्वय समिति सल्यान, सम्बन्धित पालिकाका जनप्रतिनिधि, रोल्पा सिमेन्ट प्रालि, ट्रिपर व्यवसायी, सडक डिभिजनका कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुबीच छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

<