आफै सजग हुन जरुरी

 

अहिले विश्वभर कोरोना महामारीले संकट निम्त्याएको छ । एकातिर आर्थिक गतिविधिमा समस्या ल्याएको छ, मानिसहरुको रोजगारी गुुमेको अवस्था छ र अर्कोतिर महामारीबाट मर्नेको संख्या दिनहू बढीरहेको छ । अमेरीका जस्तो ठूूलो र शक्तिशालि मुलुकमा पनि लाखौं मानिस मरिसके र अरु लाखौं मानिसहरु संक्रमित भईरहेका छन् । ब्राजिल पनि कमजोर देश होइन । ठूूलो भूूभाग र जनसंख्या भएको देश हो, त्यहाँ पनि ठूूलो संख्यामा मानिसहरु मरिसके । त्यस्तै मेक्सिको र हाम्रै छिमेकी देश भारतमा समेत पनि निकै ठूूलो संख्यामा मानिसहरु संक्रमित छन् । यसरी महामारी सबैको साझा सत्रुु बनेको छ ।

 

विश्वमा अँझै पनि भरपर्दो खोप र औषधि उपलब्धता छैन । कतिपय देशमा परीक्षणहरु भईरहेका छन् । तर परीक्षण सफल भयो भन्दैमा अब तुुरुन्तै विश्वभर पुुग्छ भन्ने पनि छैन । त्यसैले कोरोना महामारीलाई अँझै पनि हल्का रुपमा लिनुुहुदैन । तर पछिल्लो समय समाजमा विभिन्न प्रकारका दृष्यहरु देखिन थालेका छन् । नागरिकहरु आफै सजग हुनुुपर्नेमा अलि ध्यान नपुुगेको हो कि भन्ने देखिन्छ । सुरक्षाकर्मी देखेपछि मास्क खोज्ने, गाडिमा चेकपोष्ट छल्दै चढ्ने, अनावश्यक रुपमा भिड्भाड गरिदिने, मेलाजात्रामा सहभागी भैदिने जस्ता गतिविधि देखिन थालेका छन् । यस्ता क्रियाकलापहरुले कोरोनाप्रति वेवास्ता गरिएको हो या मानिसहरुमा केही हुदैन भन्ने आत्मविश्वास बढेको हो भनेर ठम्याउन पनि गाह्रो पर्न थालेको छ । महामारीबाट बच्न प्रत्येक नागरिक आफै सजग बन्नुपर्ने अवस्था अहिलेको छ । जबकी खोप वा औषधि नै बनिनसकेको अवस्थामा यसबाट बच्ने उपाय भनेको सावधानी नै हो । महामारी फैलन नदिने उपायहरु अवलम्बन गर्नु नै सवैभन्दा बुुद्धिमता हो ।

हुुनत लकडाउनका कारण धेरैको गास खोसियो । देशको अर्थतन्त्र नै धरासायी बन्यो । तर पनि अँझै कोरोनाबाट बच्न केही सावधानी अपनाउनै पर्ने अवस्था छ । स्वास्थ्य भनेको मानिसको सवैभन्दा ठूूलो सम्पत्ति हो । स्वास्थ्य विग्रियो भने लाखौं खर्च गरेर पनि सुधार नहुने अवस्था पनि आउछ । अतः सावधानी अपनाउने भनेको आफ्नै लागि पनि हो, अरु कसैका लागि मात्रै होइन भन्ने कुरा नागरिकले बुुझ्न जरुरी छ । डर त्रासमै बसीरहनुुपर्छ भनेको होइन, आत्मबल बढाउन त जरुरी नै छ । तर व्यवास्ता गरेर रोग फैलिने गतिविधि कसैको लागि पनि राम्रा हुदैनन् । कोरोना लाग्दैमा मरिदैन, तर हल्का रुपमा लिएर अरुलाई फैलिन सक्ने अवस्था पनि त आउन दिनुुहुदैन । कमजोर स्वास्थ्य हुनेहरुलाई त कोरोनाले थप थला पार्छ नै । अतः आवश्यक स्वास्थ्य सावधानी अपनाएर जनजीवनलाई सहज रुपमा चलाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

<