तकमारा मेलामा साँस्कृतिक महोत्सव तथा खेलकुद प्रतियोगिता शुरू

असोज ९, सल्यान
चाड पर्व सुरु भए संग मेलाहरु सुरु हुना थालेका छन् । कुमाख गाउपालिका र दार्मा गाउपालिका को सिमानामा परम्परादेखि लाग्दै आएको तकमारामा मेलालाइ यो बर्षबाट साँस्कृतिका महोत्सवको रूपमा लगाइएको छ । प्रथम तकमारे महोत्सव तथा खेलकुद प्रतियोगिता को बुधबारबाट उद्घाटन गरिएको छ । कुमाख गाउपालिका उपाध्यक्ष डिल्लीराज जैसीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा राष्ट्रिय लोक तथा दोहरिगीत प्रतिष्ठान नेपाल सल्यानका वरिस्ठ उपाध्यक्ष प्रेमनारायण वि क र दार्मा वडा नं ४ का वडाअध्यक्ष चन्द्र बहादुर रावत रहेका थिए । असोज ८ गतेबाट सुरू भएको महोत्सवमा महिला तथा पुरूष भलिवल, रसाकस्सी लगायतका खेलकुद हुदैछन । बजार व्यवस्थापन समिति अध्यक्ष तथा कार्यक्रमका संयोजक अमर बोहराको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा विभिन्न साँस्कितक प्रस्तुती राखिएको थियो । तकमारामा हरेक बर्ष घटस्थापनाको अघिल्लो दिन लाग्ने मेलाको अवसरमा यो बर्ष असोज ११ गते कलाकार कृष्ण रेउले, कृष क्षेत्री, टिका सानु लगायतका कलाकारले साँगितीक प्रस्तुती दिनेछन ।

प्रतिक्रिया दिनुहोस

<