सल्यानमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको लर्काे,

नेपाली काँग्रेस परित्याग गरी एउटै गाउँका पाँच दर्जन कार्यकर्ता नेकपामा प्रवेश गरे

सल्यान, ११ साउन ।
सल्यानमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नेहरुको लर्को लागेको छ । नेपाली काँग्रेस परित्याग गरेर नेकपामा प्रवेश गर्नेको लर्को लागेको हो ।

आइतबार मात्रै शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्कको एउटैँ गाउँका पाँच दर्जन बढी नेपाली काँग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । काँग्रेस नेता ढाल बहादुर यरीको नेतृत्वमा उनीहरुले नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीमा स्वागत गर्नुभएको हो ।

मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बस्नेतले नेकपाको गोलबद्ध घेरामा मिलेर बस्न सबैलाई आग्रह गर्नुभएको छ । जनताको पार्टी नै नेकपा भएको बताउदैँ उहाँले देशलाई समृद्धिको अभियानमा अगाडी बढाउने पार्टी नेकपा भएको बताउनुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका नगर कमिटी अध्यक्ष नविन सिंह भडेँल, जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, राम कुमार खड्की, प्रमोद श्रेष्ठ, मनोज सिंह, निम बहादुर नेपाली लगाएतकाले बोल्नुभएको थियो ।

विगत लामो समयसम्म नेपाली काँग्रेसलाई सहयोग गर्दै आएपनि बिकास निर्माण देखि सुशासन कायम गर्ने कार्यमा नेपाली काँग्रेस असफल भएकाले जनताको पार्टी नेकपामा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

<