साउन , १० सल्यान
सल्यानमा विषालु च्याउ खाएर विरामी हुनेको संख्या बढेको सल्यान अस्पतालले जनाएको छ । १५ दिनको अवधिमा १२ जना विरामी अस्पतालमा उपचारका लागि आएको अस्पतालका डाक्टर प्रदिप शर्माले जानकारी दिए ।
उनीहरु मध्ये २ जनाको प्रारम्भिक उपचार पछि नेपालगञ्ज रिफर गरिएको छ । साउन ४ गते जिल्ला अस्पतालमा बेहोस अवस्थामा आएका बागचौर नगरपालिका ४ पेदिखोलाका टोप बहादुर बस्नेत र साउन ९ गते बन्गाड कुपिण्डे ९ जैतपानीका खिम बहादुर बुढाथोकीलाई रिफर गरिएको हो । च्याउ खाएर बेहोस अवस्थामा सल्यान अस्पताल सम्म आएका उनिहरुलाई अस्पतालमा प्रारम्भिक उपचार पछि नेपालगञ्ज रिफर गरिएको हो ।
यो बेला जंगलमा पाइने च्याउमा विष हुने भएकाले जंगली च्याउन नखान डाक्टर शर्माले सर्वसाधारणमा अनुरोध गरेका छन । उनले भने –“बर्षा लाग्दा पाइने देख्दा खाना मिल्ने जस्तै रंग मिसिएको वा रुखमा भएको च्याउ खाएमा त्यसले असर गर्ने भएकाले जंगली च्याउ नखाँदा नै हुन्छ ।”
उपभोक्ताले कस्तो च्याउ खाने त भन्ने प्रश्नमा डाक्टर शर्माले जंगली कुनैपनि च्याउ नखान सुझाव दिएका छन । च्याउ खाएर विरामी भएपछि उपचारमा ल्याउने विरामीहरुलाई चुक र दहि तथा अन्य घरेलु खानेकुरा खुवाएको पाइयो भन्दै उनले त्यसो नगर्न भनेका छन ।
उनले बेहोस मान्छेलाई चुक तथा दहि खुवाउन थाल्दा त्यो चिज फोक्सोमा गएरर असर गर्ने भएकाले सचेत बनेर अस्पताल लिनुपर्ने सुझाव दिएका हुन । एकदमै विषालु च्याउ भएमा मृगौला तथा कलेजो सम्म फेल हुनसक्ने भएकाले सजग रहनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस