सल्यानमा कोरोना संक्रमितको दर बढ्दो, आज एकैदिन ३० जनालाइ संक्रमण

सल्यान, १३ बैशाख ।

सल्यानमा कोरोना संक्रमितको दर उच्च रुपमा वृद्धि भैरहेको छ । आइतबार मात्रै १७ जनालाई संक्रमण देखिएको सल्यानमा सोमबार एकैदिन ३० जनालाई संक्रमण देखिएको छ ।

सोमबार जिल्ला अस्पतालमा गरिएको परिक्षणमा ११, त्रिवेणी गाउँपालिकामा १५ र कुमाख गाउँपालिकामा ४ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले बताए ।

उनकाअनुसार बैशाख २ गतेदेखि यता मात्रै सल्यानमा ९९ जनालाइ कोरोना संक्रमण भएको छ ।

जसमा शारदा नगरपालिका वडा नम्बर २ खलंगाका एकजाको निधन भएको छ ।

अहिले संक्रमित ९८ जनामध्ये एकजाको काठमाडौं र एकजनाको नेपालगञ्जमा उपचार भैरहेको छ । उनिहरुको स्वस्थ्य अवस्था जटिल रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

त्यस्तै ८ जनाको स्वास्थ्य कार्यालय सल्यानको आइसुलेसनमा उपचार भैरहेको छ । बाँकी अन्य भने होम आइसुलेसनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस