३५ सय ५६ नयाँ संक्रमित, थप १२ जनाको मृत्यु

काठमाडौं, १३ बैैशाख ।

सोमबार देशभर ३ हजार ५ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय जनामा गरिएको पिसिआर परीक्षणमा ३ हजार ४ सय ४२ जना र ८ सय ९३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय १४ जना गरी जम्मा ३ हजार ५ सय ५६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

यस्तै, सोमबार १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म ३ हजार १ सय ७६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

त्यस्तै, सोमबार ३ सय ७८ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेको र देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस