बागचौर नगरपालिका- ११ मा ९६ घरलाई राहत वितरण

 वैशाख १४,सल्यान

सल्यानको बागचौर नगरपालिका ११ मा ९६ घरपरिवारलाई राहत वितरण गरेको छ । एक महिना लामो लकडाउनका कारण जीविकोपार्जन गर्न समस्यामा परेका ९६ घरलाई राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयको अनुगमन तथा सिफारिसमा दैनिक ज्यालादारी गर्ने परिवार, एकल महिला, जेष्ठ नागरिकलाई राहत वितरण गरिएको वडाध्यक्ष मोहन खड्काले बताए । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।

यसबेला दैनिक ज्यालादारी र मजदुरी गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<