शारदा नगरपालिकाको राहत कोषमा सहयोग

 शारदा नगरपालिकाले कोरोना भाइरस विरुद्ध सञ्चान गरेको कोरोना राहत कोषमा सहयोगी दाताहरु जुट्दै जान थालेका छन् । विभिन्न सहयोगी हातहरुले नगरपालिकालाई जिन्सी तथा नगद सहयोग गर्दै आइरहेका छन् ।

सहयोगी हातहरु जुट्ने क्रममा आइतबार शारदा नगरपालिका १ निवासी अमर बहादुर बुढाथोकीले राहत कोषमा सहयोग गरेका छन् । उनले १० बोरा चामल, १० किलो दाल, १० लिटर तेल,र १० किलो नुन उपलब्ध गराएका हुन ।

विश्व नै कोरोना भाइरसका कारण त्रसित भइरहेको अवस्थामा सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्नबाट प्रभावितहरुका लागि राहत प्रयोगमा ल्याइने मेयर सुरेश अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

<