कोरोना विरुद्ध जनचेतना जगाउदै अध्यक्ष के.सी

सुर्खेत, १३ चैत ।
कोरोना भाईरस विरुद्ध जनचेतना जगाउदै सिम्ता गाउँपालिका अध्यक्ष सडकमा माईकिङ्ग गर्दे हिडेका छन् ।

विश्वभर महामारीको रुप लिदै गएको ऋइख्क्ष्म् ज्ञढ (कोरोना भाईरस)को त्रास नेपालमा वढ्दै गएपछी नेपाल सरकारले मुलुक लकडाउन गरेको तेस्रो दिन सवैलाई घर वाहीर ननिस्कन, भिडभाडमा नजान, हातधुदै सरसफाईमा ध्यान दिन, लगाएतका वारे नागरिकलाई जानकारी गराउने उद्देश्यले सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी आफै माईकिङ्ग गदै हिडेका हुन् ।

पालिकाले नागरिकलाई चेकजाँचका लागि हेल्प डेक्स संचालन, पर्चा वितरण, व्यानर टाँस गरि कोरोना भाईरसबाट वच्न सचेतना अभिवृद्धी गर्दे आएको अध्यक्ष केसिले वताए ।

अध्यक्ष केसिका अनुसार प्रत्येक स्वास्थ्य संस्थाहरुलाई सेनीटाईजर, ह्याण्ड वास, पिपिङ्ग, (माक्स, माईजर, टोपी, गाउन र गोलोप्स) औषधिहरु डिजिटिल थर्ममिटर आदी उपलव्ध गराई सकेको र उनिहरुलाई तम्तयार रहन निर्देशन दिइसकेको छ ।

भारत लगाएतका अन्य स्थानवाट आएका नागरिकहरुलाई १५ दिनसम्म होमक्वारेन्टाईनमा वस्न आग्रह गरीरहेको प्रमुख प्रशासकीय अधिकृत जनकवहादु हमालले जानकारी दिए ।

पालिकाका नागरिकहरुलाई रुघाखोकी ज्वरो आएमा नजिकका स्वास्थ्य संस्था, पालिका अध्यक्ष उपाध्यक्ष अथवा प्रमुख प्रशासकीय अधिकृत, सम्वन्धित वडाका अध्यक्षहरुलाई सम्र्पक गरी स्वास्थ्य सेवा लिन सवैमा सूचना गरेको गाउँपालिका सूचना अधिकृत प्रकाश चन्दले जानकारी दिएका छन् ।

त्यसै गरि वडा अध्यक्ष अन्य जनप्रतिनिधि, स्वास्थकर्मी लगाएतको टिम जनचेतनामूलक सन्देशका लागि ठाउँ ठाउँमा खटिएका गाउँ स्वास्थ शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिए ।

भारत तथा अन्य मुलकबाट सिम्ता पुगेका नागरिकको लागि केही संकास्पद लक्ष्यण देखा परे वागेश्वरि माविमा क्वारेन्टाइनको समेत व्यवस्था गरिएको छ ।सिम्ताका ९ वटै वडाका टोल वस्ति वस्ति पुगेर कोरोना सचेतना सम्बन्धी जनचेतना जगाउने काम दैनिक हुने गरिएको छ ।

यो समयमा वाहिरबाट सिम्ता भित्रने नागरिकको रेकर्ड समेत तयार भैसकेको छ भने उनिहरुको अवस्था के कस्तो छ भन्नेर दैनिक रेखदेखको लागि सम्बन्धि वडाका अध्यक्ष तथा सदस्य जनप्रतिनिधिलाई गाउँपालिकाले खटिएको छ ।

प्रतिक्रिया दिनुहोस

<