सल्यानमा लकडाउनको अवस्था यस्तो छ, व्यावसायीद्वारा आइसोलेसन, क्वारेन्टाइन देखि पर्यटकलाइ खानाको व्यवस्था समेत गर्ने प्रतिवद्धता

सल्यान, १३ चैत ।
देश लकडाउनमा छ । बिहीबार पनि बिहानैदेखि सल्यान लगाएत देशभरका मुख्य बजार तथा सडक सुनसान छन । सरकारले चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरेको थियो ।

देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार चैत्र ११ बाट लकडाउन सुरु भएको हो ।

जसअनुसार सल्यानका व्यापारीक केन्द्र लगाएतका बजारहरु सुनसान बनेका छन् । बजार क्षेत्र तथा सडकहरूमा सुरक्षा निकायको उपस्थिती रहेको छ । जिल्लाका पसल तथा कार्यालय बन्द बन्द रहेका छन् भने मानिसहरूलाइ भिडभाड नहुन र घर नछाड्न भनिएको छ ।

बेलुका ४ बजेपछि २ घण्टा अत्यावश्यकिय सामानका लागि पसल खुलेपनि अन्य बजार बन्द रहेका छन । खुलेका पसलहरुमा पनि भिडभाड गर्न पाइदैन । जिल्लाका अन्य कार्यालय बन्द हुदा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सल्यान अस्पताल लगायत स्वस्थ्यसंग सम्बन्धित विभिन्न सेवाहरूलाइ झनै व्यापक बनाइएको छ ।

प्रशासन र प्रहरी सुरक्षा व्यवस्थापनमा लागेका छन भने अस्पतालहरू स्वास्थ्य सेवालाइ व्यवस्थित बनाएका छन । सामान्यखालका विरामीहरूलाइ घरमा नै बसेर उपचार गर्नेगरी चिकित्सकहरूले सुझाव दिएका छन भने भिडभाड नगर्न लागेका छन ।

जिल्लामा प्राय सुनसान भएपनि कतैकतै लकडाउनको अवज्ञा गरेको पाइएको छ । समूहमा हिड्ने, चाडबाडमा जस्तो मादकपदार्थ सेवन गर्दै हिड्ने, सरकारले जनचेतनाका लागि प्रयास गर्दा पनि अटेर गर्दै आफुखुशी काम गरेको भेटिएको छ ।

सल्यानको अधिकारी बन्धु पोलिक्लिनिकका संचालक तथा जेसिस सल्यानका अध्यक्ष घनश्याम अधिकारीले ५० वेड अइसोलेसनका लागि उपलब्ध गराउने जनाएका छन भने सुरक्षीत क्वारेन्टाइनका लागि सल्यानको एमएम एकेडेमीले स्थान उपलब्ध गराउने व्यवस्थापक महेश देवकोटाले जानकारी दिएका छन ।

त्यस्तै कोरोनाका कारण सल्यानमा कोही वितरा परेको पर्यटक भए निःशुल्क खानाको व्यवस्था गर्ने सल्यानको होटल युनाइटेड प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<