घरमा बसौँ, सुरक्षित रहौँ, मन्त्री ज्वाला

सल्यान, १३ चैत ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत मन्त्री ज्वालाले आफुले घरबाट नै काम गरिरहेको बताउदैँ आमनागरिकहरुलाई पनि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको हो ।

‘कोरोना आतंकको कारण हामी यतिबेला लकडाउनमा छौँ, लकडाउनको पूर्ण पालना गरौंँ, मैले घरबाट नै आफ्नो काम गरिरहेको छु’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

उहाँले बरु सामाजिक सञ्जाल मार्फत सबैको सम्पर्कमा रहन आग्रह गर्नुभएको छ । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गएको मंगलबार बिहान ६ बजेदेखि लकडाउन आदेश गरेको हो । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

<