बेलायतका राजकुमार चार्ल्सलाई कोरोना

लण्डन, १३ चैत ।
बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड(१९ संक्रमण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड(१९ पोजेटिभ देखिएको हो । क्लारेन्स हाउसले पनि ७१ वर्षीय राजकुमारलाई कोरोना भाइरस संक्रमण भएको जनाएको छ । अहिले उनको उपचार भइरहेको जानकारी क्लारेन्स हाउसले विज्ञप्ति निकालेर दिएको छ ।

राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण भएपछि उनकी पत्नी क्यामिलालाई पनि आइसोलेसनमा राखिएको छ । बेलायतमा अहिलेसम्म ४४२ जनाको ज्यान गइसकेको छ । यहाँ ८ हजार भन्दा धेरै नागरिक संक्रमित भएका छन् ।

कोरोना भाइरसले इटालीमा पछिल्लो २४ घण्टायता ७४३ जनाको ज्यान गएको छ ।

अहिलेसम्म संक्रिमतको संख्या ६८ हजार एक सय ७६ पुगिसकेको छ । इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८२० पुगिसकेको छ । अहिलेसम्मा विश्वका १९४ देशमा कोरोना भाइरस पुगिसकेको छ। १८ हजार ९०५ जनाले ज्यान गुमाइसकेका छन् ।

४ लाख २८ हजार २७१ जना संक्रमित छन् भने १ लाख ९ हजार ९६१ जना बिरामी सन्चो भएका छन् ।

प्रतिक्रिया दिनुहोस

<