व्यवस्थित नगर बन्दै सल्यान श्रीनगर

सल्यानको प्रमुुख व्यापारिक केन्द्र श्रीनगरमा विकास निर्माणका कामहरु निरन्तर थपिदैछन् । राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि र विभिन्न निर्माण संरचनाका कारण प्रत्येक वर्ष श्रीनगर बजार ठूूलो र व्यवस्थित बन्दैछ । क्षेत्रफलको हिसावले सल्यान श्रीनगर त्यति धेरै ठूूलो छैन । तर विभिन्न विकास गतिविधिहरुका कारण निकै महत्वपूूर्ण स्थान बन्न थालेको छ ।

सल्यानको  श्रीनगर बजार जिल्लाकै मुुटुुको रुपमा रहेको छ । बस्ती विस्तार, शैक्षिक संस्था विस्तार, व्यापारिक तथा आवाशिय भवन निर्माण, विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको विस्तारसंगै आर्थिक गतिविधिहरु बढ्न थालेका छन् ।

सामाजिक सांस्कृतिक गतिविधिहरु अगाडि बढ्दै

सामाजिक सांस्कृतिक परम्परा र मूूल्यमान्यता पनि मानवीय जीवनका अभिन्न अंग भएका छन् । जसरी भौतिक विकासको क्रम अघि बढ्दै जान्छ, त्यसरी नै सवै क्षेत्रको विकास अघि बढीरहको हुुन्छ ।

भएका मन्दिरहरु मर्मत गर्ने, थप मन्दिर निर्माण गर्ने, गुुफाहरु संरक्षण गर्ने जस्ता कामहरु देशभर नै अगाडि बढेका छन् । सोहि सन्दर्भमा सल्यान श्रीनगरमा पनि पछिल्लो समय धार्मिक, सांस्कृतिक गतिविधिहरु निकै अगाडि बढ्न थालेका छन् ।

मुुख्य बजार तथा आसपासमा मन्दिर, पार्टी पौवा र पार्क जस्ता संरचनाहरु व्यवस्थित गर्न र थप निर्माणमा चासो बढेको छ भने मर्मत एबं निर्माणको काम पनि धमाधम अगाडि बढेको छ ।

विभिन्न पुजाआराधना र हिन्दुु संस्कारमा आवश्यक पर्ने बस्तुु खपत बढेको छ भने बस्तुु उत्पादनमा पनि ध्यान जाना थालेको छ । केही वर्ष अघि त्यसै सुुकेर खेर जाने विभिन्न फूूलहरु अब विक्रि हुने अवस्था बनेको छ । केही मानिसहरु फूूलखेती समेत गर्न थालेका छन् । यसरी नै धार्मिक र सांस्कृतिक गतिविधि बढेको आभाष धेरैलाई हुुने गरेको छ ।

आर्थिक गतिविधिको पनि केन्द्र

कुुनै स्थान जब यातायात र मानवीय गतिविधिको केन्द्र बन्दछ, स्वतः विकास निर्माणमा पनि अघि बढ्दछ । भवन र सडक निर्माण मात्र होइन, बढेको जनसंख्या र मानवीय आवश्यताले विभिन्न गतिविधि स्वतः अगाडि बढ्दछन् । उद्योग र व्यापारको तिब्र विकास हुुन्छ । संगसंगै व्यबशायदेखि खेलकुुद, शिक्षा, स्वास्थ्य, योग, व्यायाम, बैंकिङ र वित्तिय गतिविधिहरु पनि अगाडि बढ्दछन् ।

क्षेत्रफलको हिसावले सानो रहेको श्रीनगर बजारमा अहिले करीब एक दर्जन बैंक सञ्चालनमा रहेका छन् । त्यस्तै लघुुवित्त र सहकारीहरु पनि दर्जन बढी छन् । यसरी आर्थिक गतिविधि बढाउन सवै क्षेत्रले सहयोग गरेका छन् ।

दुरीको हिसावले पनि केन्द्र

श्रीनगर बजार सल्यान जिल्लाबासी र छिमेकी जिल्लाहरुका लागि पनि केन्द्रविन्दुु परेको छ । दाङदेखि रुकुुम जाने सडक बाटोको बीचमा पर्ने भएकोले दुवैतिरबाट केन्द्रमा परेको छ ।

बाक्लो बस्ती विस्तार भएसंगै आर्थिक गतिविधि पनि बढेका छन् । त्यसमा पनि श्रीनगर बजार सदरमुकाम खलंगादेखि लिएर जिल्लाका सवै नगरपालिका र गाउपालिकाका लागि केन्द्रविन्दुुको रुपमा रहेको छ । बन्गाड कुुपिन्डे नगरपालिकाका लागि त्यति धेरै नजिक नभएता पनि जिल्लाको हिसावले गर्दा विभिन्न कामहरु पर्दछन् ।

अँझ धेरै सम्भावनाको क्षेत्र

सल्यानको श्रीनगर अँझ बढी सम्भावना बोकेको क्षेत्र हो । श्रीनगर बजार व्यवस्थित गर्ने क्रम निरन्तर चलिरहेको छ । राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, व्यापारिक सवै दृष्टिकोणबाट श्रीनगर बजार थप व्यवस्थित र विकसित हुने सम्भावना छ ।

बजार क्षेत्र नजिकै आधुुनिक बसपार्क बन्ने सम्भावना छ । शारदा नगरपालिकाले आधुुनिक बसपार्क बनाउने योजना बनाएको थियो । तर कोरोना महामारी र बसपार्क आसपासमा विभिन्न व्यवशाय गरेर बसेकाहरुसितको समन्वयको अभावमा उक्त काम अगाडि बढ्न सकेको छैन । तर आधुुनिक बसपार्कको सम्भावना अँझै छ ।

भौतिक विकास मात्रै मानवीय जीवनका लागि पूूर्ण विकास हुुन सक्दैन । मानिसको लागि सवै प्रकारको विकास चाहिन्छ । सोहि कुरालाई मध्यनजर गर्दै समुदायको मुुल्यमान्यता अनुुसारका सामाजिक सांस्कृतिक गतिविधिहरु पनि अगाडि बढेका हुुुुुन्छन् । सल्यान श्रीनगरमा पनि त्यस्ता संरचना सुुरक्षित छन् । बजार क्षेत्रमै शिवमन्दिर र राधाकृष्ण मन्दिर रहेका छन् ।

त्यस्तै विकासका अन्य संरचनाहरु पनि थपिदैछन् । बजारको पूूर्वतिर नजिकै रहेको शारदा नदिमा पक्कि पुलहरु बन्दैछन् । शारदा नदि छेउमा कृषि भुुमि पनि छ भने श्रीनगरबजारदेखि पश्चिममा रहेको सुकेखोला आसपासमा औधोगिक क्षेत्र निर्माण गर्न सकिने प्रशस्त सम्भावना छ ।

त्यस्तै श्रीनगर बजारदेखि नजिकै दक्षिणपूूर्वी क्षेत्रमा शारदा नगरपालिका वडा नं. १२ र १ का बासिन्दाका सवै गतिविधि जोड्नको लागि शान्तिनगरमा पक्कि पुल भर्खरं सञ्चालनमा आएको छ । त्यस्तै श्रीनगरको मुुख्य बजारसंग जोडिने अर्को पक्की पुल निर्माणको काम प्रारम्भ भैसकेको छ ।

यी संरचनाहरुले बजारदेखि नजिक रहेका गाउँबस्तीहरुलाई जोड्दै छन् । यसर्थ शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन लगायत सवै क्षेत्रका गतिविधि अगाडि बढ्न सक्ने अँझ बढी सम्भावना बोकेको क्षेत्रको रुपमा श्रीनगर रहेको छ ।

घाट व्यवस्थापनको काम अघि बढ्दै

जन्मेपछि मान्छे मर्नैपर्दछ । तर जन्मेदेखि मृत्युु नहुुँदासम्मको मानिसको जुुन जीवन हुुन्छ, त्यस अवधिमा धेरै कामहरु गरिन्छन् । समुुदायमा जनसंख्या जति बढ्दै जान्छ, त्यति नै सवै कुुराहरु व्यवस्थापन गर्न जरुरी हुुन्छ । बाँचुुन्जेल बजार र घर चाहिए जस्तै मरिसकेपछि अनिवार्य रुपमा घाट वा शरीरलाई अन्त्य गर्ने ठाउँ चाहिन्छ

 

मानिस स्वभावतः सजिलो र सुविधा चाहन्छ । मरेकालाई अन्तिम विदाई गर्ने कामका लागि पनि सजिलो ठाउँ चाहिने भएकोले अहिले देशैभर घाट व्यवस्थापनका कामहरु अगाडि बढेका छन् । बस्ती र जनसंख्या विस्तारसंगै त्यो आवश्यकता सल्यानको श्रीनगरमा पनि देखिएको हो ।

श्रीनगर बजारनजिकै शारदा नदि किनारमा जिल्लाकै प्रमुुख घाटस्थल रहेको छ । अहिले बन्दै गरेको पक्कि पुलदेखि केही मिटर माथि उक्त घाटस्थल र केहि वर्ष पहिले निर्माण गरिएको एउटा घाट –(मृतकको लाश जलाउने ठाउँ) पनि छ । उक्त घाट नजिकै अहिले थप व्यवस्थापनका कामहरु अगाडि बढाईएको छ ।

अहिले स्थानीय लाल बहादुुर पाण्डे अध्यक्ष रहेको समितिले नगरपालिकाको थोरै सहयोगमा काम प्रारम्भ गरेको छ । हाल घाटनजिकै मलामीहरुका लागि –(महिला र पुुुरुष दुवैका लागि) शौचालय बन्दै छ । त्यस्तै सहयोगी दाताहरुले अन्य संरचनाका लागि सक्दो सहयोग गर्ने बचन दिएका छन् ।

कान्तिपुुर सामुदायिक हस्पिटलका संस्थापक रामकृष्ण रेग्मीले बुुबाको स्मृतिमा नदि किनारामा घाट नजिकै बनाईने चौतारा निर्माणमा सहयोग गर्ने बचन दिएको अध्यक्ष पाण्डेले बताउनुुभएको छ ।

 

त्यस्तै विभिन्न संरचना निर्माण गर्ने क्रममा आवश्यकता अनुुसार श्रीनगर बजार क्षेत्र, सदरमुुकाम खलंगा र जिल्लामा रहेका मनकारी एबं सहयोगी व्यक्तिहरुबाट आवश्यक सहयोग लिन समितिले पहल गर्ने उहाँले बताउनुुभयो । केहि दिन पहिले मात्र समितिको पहलमा घाट निर्माणका लागि जग्गा एकिन गरी अन्दाजी ५ रोपनी भन्दा बढी जग्गामा आवश्यक संरचना बनाउने निर्णय समितिले गरेको छ ।

घाट नजिकै रहेको जग्गा स्थानीयहरुबाट मिचिन नदिन र दिर्घकालसम्म संरक्षण गर्न तारबार गर्ने तयारी पनि भईरहेको समितिले जानकारी दिएको छ । डोजरको प्रयोग गरी अलिकति जग्गा सम्याउने काम पनि भएको छ भने शौचालय निर्माणको काम अगाडि बढेको छ ।

समितिका सचिव सुजन श्रेष्ठले दिएको जानकारी अनुुसार घाट व्यवस्थापनको क्रममा क्रियापुत्री भवन, प्रतिक्षालय र पार्क (फुुल बगैचा सहितको उद्यान) समेत बनाउने लक्ष्य छ । त्यस्तै अत्यन्त गरीब एबं असहायहरुका लागि मृृतकको लास जलाउने काठ समेत व्यवस्थापन गरिने र यसका लागि विभिन्न सामुदायिक बन समूूहहरुको सहयोग मागिने सचिव श्रेष्ठले जानकारी दिनुुभएको छ ।

त्यस्तै घाट स्थल वरपर बृक्षारोपण समेत गर्ने बताईएको छ । घाट व्यवस्थापनको काम अहिले प्रारम्भ मात्रै भएको र सवै संरचना निर्माण एबं व्यवस्थापनका लागि नगरपालिका हुुँदै प्रदेशसम्म पहल गरिने उहाँले बताउनुुभयो ।

 

सवैका लागि केन्द्र विन्दुु रहेकोले जिल्लाकै नमुुना स्थल बनाउन पहल गरिने समितिका  स्थानीय व्यापारी कमानसिंह बुुढाथोकीले बताउनुभयो । त्यस्तै भविष्यमा राधा कृष्ण मन्दिर, शिव मन्दिर र पार्क र उक्त घाट क्षेत्रमा रहेका संरचनाको संरक्षण र व्यवस्थापनमा सहयोग गर्ने गरी आवश्यक कर्मचारीको समेत व्यवस्थापनको पहल गर्नुुपर्ने र वडामार्फत अगाडि बढाउन सवैले पहल गर्नुुपर्ने वरिष्ठ सदस्य रामसिंह बुुढाथोकीले बताउनुुभयो ।

जिल्लाकै केन्द्रविन्दुु भएकोले श्रीनगरमा बन्ने घाट व्यवस्थापनमा सामाजिक संघ–संस्था लगायत सवैको सहयोग रहने अपेक्षा समितिले गरेको छ ।

यसरी विभिन्न प्रकारका संरचना निर्माण हुुँदै गएको र जनघनत्व पनि बढ्दै गएको सन्दर्भमा श्रीनगर बजार अँझ व्यवस्थित बन्दै जाने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस

<