सल्यानमा पहिलोपटक महिला सीडीओ आउँदै


सल्यान, १४ फागुन ।

सल्यानमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउन लागेकी छन् ।

हालका सीडीओ हेमराज तामाङको अध्यागमन कार्यालयमा सरुवा भएपछि सल्यानमा नयाँ सीडीओको रुपमा लक्ष्मिदेवी हुमागाई खतिवडा आउँन लागकी हुन्छ । हुमागाई यस अघि काभ्रेपलान्चोक जिल्लाको सहायक सीडीओको रुपमा थिईन् ।

शुक्रबार गृह मन्त्रालयले सह–सचिव र उप–सचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सल्यान सँगै सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

<