निषेधको राजनीति बन्द गरौं

यतिबेला सर्वोच्च अदालतले राष्ट्रिय समस्याको एउटा गाँठो फुुकाईदिएको छ । प्रधानमन्त्रीले शनकको भरमा गरेको संसद् विघटनलाई मान्यता नदिएपछि मुलुक कानूूनी बाटोमा हिड्छ कि भन्ने आशा पलाएको छ ।

तर कतिपयले फेरी गुुटको राजनीतिलाई महत्व दिन थालेका छन् । केपी ओलीले बल मिच्याई गरेर गरेको काम आफ्नै पार्टीभित्र मन नपराउनेहरु पनि थिए ।

कोही बोले होलान् र कोही बोलेनहोलान्, तर पनि कम्युनिष्ट पार्टीको विभाजनको दिशातिर जानाथालेकोमा पार्टीप्रति आश्थावानहरु चिन्तित छन् । कोही–कोही अवसरका भोकाहरुबाहेक समग्रमा पार्टी विभाजन हुन थालेकोमा धेरै नागरिक चिन्तित छन् ।

सर्वोच्चले संसद् विघटन बदर गरेसंगै एकथरी मानिसहरु विजय भएको रुपमा उत्सव मनाए र दिपावली गरे । तर धेरै मानिसहरु मौन बसिरहेका छन् । समग्र कम्युनिष्ट पार्टी कमजोर हुन थालेकोमा चिन्तित छन् । यसरी पार्टीप्रति सकारात्मक सोच भएकाहरु निषेधको राजनीति गर्न नहुने पक्षमा छन् ।

केपीले बल मिच्याई गरे भन्दैमा सवै नेताहरु त्यो स्वभावका छैनन् । सुवास नेम्बाङ समेतले केपी ओलीको निर्णयप्रति चित्त बुझाएका थिएनन् । पछिल्लो समय निषेधको राजनीतिले कम्युनिष्ट शक्ति कमजोर हुने भन्दै माधव नेपालले पनि केपी पक्षकालाई समेत रुष्ट बनाउन नहुने धारणा राख्न थालेका छन् ।

तर तल्लो स्तरमा भने कतिपय कार्यकर्ताहरुमा पुरै द्वन्द्वको अवस्था छ । एकको उपस्थितिमा अर्को पक्ष उपस्थित नहुने अवस्था छ । माथिल्लो भन्दा तल्लो स्तरमा अँझ बढी समस्या देखिन थालेको छ ।

सामाजिक सञ्जालमा बाद् प्रतिवाद् भईरहेको छ । साँच्चै अब प्रचण्ड–माधव पक्षले केपी समूहमा लागेको भन्दै नजिक आउन खोज्नेलाई पनि पर–पर धकेल्न खोजेभने कम्युनिष्टहरु नराम्रोसित पराजय हुनेछन् । यस प्रकारको निषेधको राजनीतिले कोहि पनि बलियो बन्न सक्दैन ।

यसर्थ यदि मुलुकलाई शान्ति र समृद्धितिर लैजानेहो भने राजनैतिक दलहरु मिलेर जानुको विकल्प छैन । प्रतिशोधको राजनीति गर्न थाल्ने हो भने आफै आफै लडेर सिद्धिने बाहेक अरु उपलब्धि हुनेछैन । निषेध फरक पार्टीलाई समेत गर्नुहुदैन ।

किनकी नागरिकहरु भनेका तिनै हुन्, जो पञ्चायत व्यवस्था पनि स्वीकारेका थिए, संवैधानिक राजतन्त्र पनि स्वीकार गरेका थिए । कहिले कांग्रेसलाई जिताए, कहिले राजावादीलाई जिताए, कहिले माओवादीलाई जिताए, कहिले एमालेलाई जिताए ।

यसरी जनता कसैका पनि स्थायी कार्यकर्ता हुन सक्दैछन् । आजिवन कार्यकर्ताहरु बाहेक अन्य सर्वसाधारणहरु साझा जस्तै हुन् । कहिलेकाँही कुनै पार्टीलाई सपोर्ट गरेकै आधारमा निषेध गर्ने कार्य राम्रो हुदैन । अतः सारमा भन्नुपर्दा आफ्नै पार्टीभित्र मात्रै होइन, निषेधको राजनीति पुरै अन्त्य गर्न जरुरी छ ।

सत्ता र सरकारमा पुगेकाहरुले पनि कार्यकर्तामूखि गतिविधि मात्रै गर्नुहुदैन । सरकारमा पुगेपछि सवै नागरिकहरुको लागि काम गर्न हिम्मत गर्नुपर्छ । यसो भएमा मात्र देशमा विकास हुन्छ, देशमा शान्ति हुन्छ र मुलुक समृद्धिको दिशामा अगाडि बढ्दछ ।

प्रतिक्रिया दिनुहोस

<