फारुलामा जनयुद्ध रजनआन्दोलनका शहिदहरुको प्रतिमा अनावरण


सल्यान, १० पुस ।

सल्यानको दार्मा गाउँपालिका ३ फारुलाको मुख्य बजारमा निर्माण भएको सहिद गेटमा राखिएका सहिदहरुको प्रतिमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी अनावरण गरिएको छ  ।

दार्मा गाउँपालिका सहिद समाज दार्माको आयोजना र दार्मा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएका जनयुद्ध र जनआन्दोलनमा शाहदत प्राप्त व्यक्तिहरुको प्रतिमा अनावरण गरिएको हो ।

लखन थापा, जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका सहिद उमेसचन्द्र थापा र शसस्त्र जनयुद्धको क्रममा दार्मा गाउँपालिकाबाट शाहदत प्राप्त शहिद तथ बेपत्ता योद्दा को प्रतिमा अनावरण गरिएको दार्मा गाउँपालिकाले जनाएको छ ।

अनावरण कार्यक्रममा दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसी, उपाध्यक्ष टिका शर्मा कार्यपालिका सदस्यहरु सबै वडाका वडा अध्यक्षहरु नेकपा कर्णाली प्रदेश परिषद् सदस्य सीपी ओली, सल्यान जिल्ला समन्वय समिति सदस्य पोखर राज केसी लगायतले जनयुद्ध र जनआन्दोलनका बारेमा मन्तव्य राखेका थिए ।

अनाबरण कार्यक्रमको अध्यक्षता दार्मा सहिद समाजका अध्यक्ष पुर्ण बहादुर राणा र संचालन सहिद परिवार अनिल चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<