निराजन माध्यमिक विद्यालयमा भौतिक र शैक्षिक विकासका निम्ती आचारसंहिता निर्माण

सल्यान १०, पुस ।
सल्यानको सिद्धकुमाख गाउँपालिकाको ढोरचौरमा रहेको निराजन माध्यमिक विद्यालयमा भौतिक विकास र शैक्षिक विकासका निम्ती पहिलो पटक विद्यालय आचारसंहिता निर्माण गरेको छ । विश्व शिक्षाको सहकार्यमा सिविन नेपालको सहजिकरणमा विद्यालय आचारसंहिता निर्माण गरेको हो ।

विद्यालयमा पहिलो पटक विद्यालय ब्यवस्थापन समिती, शिक्षक, विद्यार्थी र अविभावक समेतको आचारसंहिता निर्माण गरिएको छ । बालबालिकाको संरक्षण र सुरक्षित सिकाईका निम्ती सम्पूर्ण पक्षको आ–आफ्नै महत्वपूर्ण भूमिका रहने भएकाले आचारसंहिता अपरिहार्य भएको सहभागिहरुको भनाई छ ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष हुमलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष शालिक राम बुढाथोकी, गाउँकार्यपालिका सदस्य तारा गिरी, शिक्षक अबिभावक संघका अध्यक्ष कुल बहादुर बुढाथोकीको लगाएतको उपस्थिती रहेको थियो ।

सो अबशरमा बोल्दै वडाअध्यक्ष बुढाथोकीले विद्यालयको समग्र भौतिक र शैक्षिक विकासका निम्ती विद्यालयमा सरोकार राख्ने सर्वपक्षीय आचारसंहिता आवश्यक रहेको र वडा सरकारको तर्फबाट कार्यन्वयन पक्षको नियमित अनुगमन गरिने बताउनुभयो ।
बैठकको सहजिकरण प्रधानाध्यापक धर्मराज घर्तीले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सिविन नेपालका जिल्ला कार्यक्रम संयोजक सन्तोष विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

<