भोलिदेखि सल्यानको श्रीनगर खुल्ने, डोरी टाँसेर पसल संचालन गर्न आग्रह


सल्यान, १० मंसिर ।
शिल गरिएको १८ दिनपछि सल्यान जिल्लाको प्रमुख व्यापारी केन्द्र श्रीनगर क्षेत्र सहित त्यस वरपरको क्षेत्र खुल्ने भएको छ ।

कार्तिक २३ गतेदेखि शिल गरिएको श्रीनगर क्षेत्रलाइ भोलि मंसिर ११ गतेदेखि खुल्ला गर्ने जिल्ला प्रशासन कार्यालय सल्यानले एक सुचना जारी गर्दै जनाएको छ ।

शिल खुल्ला गरिएपनि पसल संचालन गर्दा स्वास्थ्य मापडण्ड अपनाउन प्रशासनले आग्रह गरेको छ ।

पसल संचालन गर्दा अनिवार्य रुपमा डोरी लगाएर सेवा दिन सुचनामा भनिएको छ । पालो व्यवस्थापन गरि भिडभाड नगर्ने पनि प्रशासनले आग्रह गरेको छ ।

शिल गरिएका शारदा नगरपालिकाको वडा नं. १ मा पर्ने श्रीनगर, शान्तिनगर, बेलघारी क्षेत्र, वडा नं. २ मा पर्ने जोगिदेउखोला र वडा नं. ६ को बरला क्षेत्र खुल्ला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

<