(सम्पादकीय) बायोग्याँसको सदुपयोग गर्न जरुरी

बायोग्याँसको सदुपयोग नर्ग सके देशको अरबौं रुपँया विदेशिनबाट बच्न सक्दछ ।

उक्त रकमले स्वदेशमै अन्य क्षेत्रको विकासमा थप योगदान प’ग्न सक्छ । यसको सम्भावना पनि प्रशस्त छ, तर यतातिर राज्यले ध्यान दिन सकेको छैन । हामी नेपालीहरु पनि यति धेरै सुविधाभोगी बन्दै छौं कि अब सवै कामक’राह?मा अ?कै भर पनर्’पर्ने अवस्था बन्दै छ । हामी परनिर्भर हुनाले नै दिन प्रतिदिन बस्तुको मूल्य महंगीएको छ ।

यसरी स्वदेशमा उत्पादन नह’ने अवस्थामा बाह्यदेशवाट आउने वस्तु जति महंगो भएपनि किन्न’पर्ने बाद्ययताले आम नेपाली महंगीमा पर्नुपरेको हो ।

बायोग्याँसका लागि बेलावखत प्रयाश नभएको पनि होइन । तर बेला बखत भएका ती प्रयाशहरु पनि प्रभावकारी भएनन् । सरकारले गरेको प्रयास हुने मूल कारण एकातिर राज्यकै नीति फितलो हुनु र अर्कोतिर हामी नेपालीहरु नै अल्छि बन्दै जानु हो । आफ्नै अगाडि सजिलो प्रविधि देखेपछि मानिसहरुले दुख गर्न चाहेनन् ।

भरिएका सिलिन्डर आँगनमा आएपछि कसले गोवर घोल्नतिर लागोस्, कसले चर्पीसित जोडिएको पाईपतिर ध्यान देओस् । अहिलेको अवस्था र कारण यीनै हुन् । अहिले गाउँ गाउँमा ग्याँस सिलिन्डर पुगिसकेका छन् र भएका बायोग्याँसहरु पनि प्रयोगविहीन अवस्थामा जाँदैछन् । दाउराको प्रयोग पनि घट्न थालेको छ ।

अहिलेको अवस्थालाई विश्लेषण गर्दा एकातिर घरघरमा चर्पीबाट उत्पन्न हुन सक्ने इन्धन खेर गएको छ भने अर्कोतिर गाईवस्तुको गोवर पनि त्यति सदुपयोग भइरहेको छैन । यी दुवैको सदुपयोग हुने हो भने राज्यबाट बाहिरीने अरबौं रुपँया जोगिन सक्छ । देश आत्मनिर्भरताको बाटोमा पुग्न थप मदत पुग्छ ।

मानिसहरुमा गाइवस्तुहरु पाल्नुपर्ने सोचमा पनि बृद्धि हुन जान्छ । यसरी समग्र कृषि र पशुपालनमा समेत योगदान पुग्ने यति महत्वपूर्ण विषयमा राज्यले त्यति ध्यान दिन सकिरहेको छैन । यसबारेमा देशभरको नीति एउटै बन्न जरुरी छ ।

आम नागरिकहरुको सुविधा र आर्थिक हैसियतलाई ध्यानमा राखेर राज्यका नीति नियमहरु बन्नुपर्दछ । छिमेकीले ग्याँस सिलिन्डर राखेर अरुलाई हेलाहोचो गर्ने अवस्था बन्यो भने बाद्यताबस् अरुले पनि सोहि सुविधा उपयोग गर्न थाल्दन् ।

अतः राज्यले स्थानीय स्तरकै उत्पादनको सदुपयोगलाई जोड दिनुपर्छ । बाह्य मुलुकबाट सुविधासम्पन्न बस्तुहरु ल्याउने कार्यलाई निरुत्साहन गर्नैपर्दछ । बरु आधुनिक वस्तुको उत्पादन कार्य स्वदेशमै अगाडि बढाउन थप लगानीको खाँचो छ ।

नेपालकै सन्दर्भमा भन्नुपर्दा यहाँ प्रशस्त विद्युत उत्पादन गरेर उर्जाको सन्दर्भमा नागरिकलाई थप सुविधा दिन सकिन्छ । तर सुन, सिलिण्डर ग्याँस, पेट्रोलियम पदार्थ, खनिज पदार्थ जस्ता वस्तुहरु कि त स्वदेशमै उत्पादनमा जोड दिनुपर्छ, कि त ती वस्तुको विकल्पका कुराहरुमा जोड दिनुपर्छ ।

एकैपटक ठप्पै बन्द गर्नुपर्ने भन्दा पनि राज्यले क्रमशः आयातमा कमी गर्ने उपायहरु अवलम्बन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<