जोखिमपुर्ण सडकै कारण अटो व्यवासयि धरासयि


सल्यान,९ मंसिर ।

पश्चिम सल्यानमा २ वर्ष यता अटोले स्थानीयलाई वजार आवत जावतमा निकै सहज बनाएकाछन । २ वर्ष अघि सय वढि अटो सल्लिबजार आसपासका क्षेत्रमा र स्थानीय रुटमा सेवा दिइरहेका थिए ।

अटो भित्रीयसँगै यहाँका स्थानीयलाई आवत जावतमा सजिलो पनि थपेको थियो । सय वढि अटोको संख्या ह्वात्तै घटेको छ । कच्ची सडकले गर्दा १ वर्ष राम्रोसँग चल्न नपाइ अटो ग्यारेजमा थन्किएका छन् ।

६ लाख भन्दा वढि रकम खर्चेर सञ्चालन गरेको व्यवसायी सडककै कारण मर्मत सम्माहरमा कमाएको रकम खर्च हुने अटो व्यवसायी डिलवर साहुको दुखसो छ ।

कच्ची सडकका कारण वर्ष दिनमै अटो कवाडी हुने उहाँको भनाइ छ । सल्यान पश्चिमका ग्रामीण कच्ची सडकहरुमा गुड्ने अटो जस्तै अन्य सवारी साधन समेत छिट्टै विग्रने व्यवसायीहरुको दुखेसो छ ।

लाखौं हालेर सञ्चालन गरेको व्यवसायी वर्ष दिन सम्म चल्न नपाउँदा दुखलागेको अर्को अटो सञ्चालक राम लाल नेपालीको भनाइ छ । सडक गतिलो नहुदा अटो सञ्चालक मारमा परेको उहाँको भनाइ छ ।

सुरुमा अटो धेरै थिए तर अब घटेर निकै कम भएको नेपालीको भनाइ छ । कच्ची र धुलाम्मे सडकले अटो सञ्चालक मारमा परेका छन् । धेरै अटोहरु विग्रीएर ग्यारेजमा थन्क्याएर राखेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

<