सल्यानको दार्मा गाउँपालिकाले ३ सय ६५ विपन्न परिवारलाई खाद्य वितरण गर्ने

सल्यान, १० साउन ।
दार्मा गाउँपालिकाले ३६५ जनाअति विपन्न परिवारलाई खाद्यान्न राहात वितरण गर्ने भएको छ । कोरोना महामारिले संकटमा परेका अति विपन्न ३६५ जना परिवारलाई दुइ तरिकाबाट राहत वितरण गर्ने भएको छ ।

पहिलो चरणमा सरकारी सेवाबाट बन्चित रहेको र श्रम गरेर उत्पादन गर्न नसक्ने २०० परिवारलाई २५ केजि चामल सहितको सेट बितरण गर्ने गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

यस्तै दोस्रो चरणमा १६५ जना परिवारलाई गाउँपालिकाले तोकिएको विकास निर्माणको काममा ५ दिन श्रम गरेबापत ५० केजि चामल सहितको सेट वितरण गर्ने केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

<